२८ माघ, २०८१
    {
राजनीति / समाचार

आर्थिक विकाससँगै जनभावना र समाजका मुद्दामा ध्यान पुर्‍याउनुपर्छ : महासचिव पोखरेल

  • पुलेसो
  • २०८१, साउन ३२ शुक्रबार
आर्थिक विकाससँगै जनभावना र समाजका मुद्दामा ध्यान पुर्‍याउनुपर्छ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देशमा अस्थिरता सिर्जना हुन नदिन आर्थिक विकास सँगसँगै सामाजिक विकासको मोडलमा पनि ध्यान दिनुपर्ने बताए । 

पूर्वाधार विकास र आर्थिक विकासले मात्र जनता सन्तुष्ट हुन नसक्ने बताउदै महासचिव पोखरेलले जनभावना के कुरासँग गाँसिएको छ भन्ने कुरामा ध्यान दिनुपर्ने धारणा राखे ।आज नेकपा (एमाले)सामाजिक सेवा विभागको दशौं बैठकमा निर्देशनात्मक मन्तव्य राख्दै  महासचिव पोखरेलले आर्थिक विकासबाट मात्र मानिस सन्तुष्ट हुनसकेन भन्ने कुराको दृष्टान्त बङ्गलादेशको घटना भएको बताए ।  महासचिव पोखरेलले भने– समाजमा के मुद्दाले असर गरिरहेको छ भन्ने बुझ्नुपर्ने रहेछ । 

‘बङ्गलादेश दक्षिण एसियामै नमूना आर्थिक विकास भइरहेको देश हो तर त्यहाँ आरक्षणको मुद्दालाई समयमै जनभावना बमोजिम सम्बोधन हुन नसक्दाको परिणाम बङ्गलादेश अहिले अस्थिरता र अन्योलको अवस्थामा पुगेको छ’ चर्चा गर्दै महासचिव पोखरेलले बङ्गलादेश घटनाको कारक आरक्षणको मुद्दामात्र पनि होइन भन्ने कुरा बिस्तारै सतहमा आउन थालेको बताए । विश्व शक्ति राष्ट्रको टकराब साना देशमा अस्थिरताको कारक बन्ने गरेको बताउँदै महासचिव पोखरेलले बङ्गलादेश घटना पनि त्यसरी नै प्रकट भएको विश्लेषण सुनाए। 

महासचिव पोखरेलले सामान्य अवस्थामा एक आपसका प्रतिस्पर्धी दुई ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेस मुलुकको बिग्रँदै गएको परिस्थिति सम्हाल्नका लागि सहमतिमा सरकार गठन गर्ने अवस्थामा पुगेको बताए । वर्तमान सरकारले जनतामा पैदा भएको निराशालाई आशामा बदल्दै राजनीतिक स्थायित्वको आधार तयार गर्ने उनले स्पष्ट गरे । 

 

महासचिव पोखरेलले परिवर्तनलाई सुरक्षित गर्दै र समावेशिता कायम राख्दै स्थायित्वको आधार खोज्नुपर्ने हुँदा त्यसका लागि सुझाव दिन विभागलाई आग्रह गरे। उनले समग्र सामाजिक क्षेत्रमा प्रभावकारी नेतृत्व गर्ने योजना बनाउन पनि विभागलाई सुझाव दिए । 

नेकपा (एमाले)का उपाध्यक्ष तथा सामाजिक विकास सम्बद्ध विभाग संयोजक अष्टलक्ष्मी शाक्यको उपस्थितिमा भएको बैठकमा निवर्तमान विभाग प्रमुख झपट बोहराको बिदाइ र विभाग प्रमुखमा नयाँ जिम्मेवारी सम्हाल्नुभएका कल्पना चापागाईँलाई माइन्युट हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

कर्मचारी सङ्गठनले सुशासनको पैरवी गर्नुपर्छ :...

काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कर्मचारीहरूले सुशासन कायम गर्नमा विशेष ध्यान दिनुपर्ने बताए ।

नेपाल निजामती कर्मचारी सङ्गठन, उद्योग, वाणिज्य तथा आपूर्ति विभागीय समितिको १२औँ अधिवेशन...

कर्मचारी सङ्गठनले सुशासनको पैरवी गर्नुपर्छ : मन्त्री भण्डारी

चिसापानी–गड्डा चौकी सडकखण्ड छ लेनको बन्छ...

लम्की - परराष्ट्रमन्त्री आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड छ लेनको बनाउन छिट्टै काम सुरू हुने बताइन्। 

कैलालीको लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज...

चिसापानी–गड्डा चौकी सडकखण्ड छ लेनको बन्छ : परराष्ट्रमन्त्री

पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा

म्याग्दी - म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ ।...

पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा

आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छः...

चितवन - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताए । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार...

आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छः महामन्त्री थापा