३ माघ, २०८१
    {
विजनेस / समाज / गण्डकी प्रदेश / समाचार

सहकारीमार्फत आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो बजारीकरण

  • पुलेसो
  • २०८१, साउन २१ सोमबार
सहकारीमार्फत आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो बजारीकरण

बागलुङ - उच्च भागमा पाइने स्वादिष्ट आलु, सिस्नो र जङ्गलमा पाइने बाँकोलाई ब्रान्डीङ गर्न थालिएको छ ।यहाँको जैमिनी नगरपालिका–३ उपल्लो दमकको एक महिला सहकारीले आलुको चिप्स, गुन्द्रुक र सिस्नोको धुलो उत्पादन गरेर बजारीकरण गर्न थालेको हो ।

जङ्गलमा खेर गइरहेको बाँकोलाई गुन्द्रुक बनाउने र सिस्नोलाई धुलो बनाएर बजार पठाउने रुद्रतालमा सामाजिक महिला उद्यम सहकारी संस्थाले हालै आलु चिप्स बनाउने, लेबलिङ र प्याकेजिङ गर्ने आधुनिक उपकरण भित्र्याएको छ ।एक वर्षदेखि परम्परागत तरिकाले आलु चिप्स, बाँकोको गुन्द्रुक र सिस्नोको पाउडर बनाउँदै आएको उक्त संस्थाले गाँजा, दही,आलु चिप्स तथा सिस्नो पाउडर कम्पनी दर्ता गरेर अर्ग्यानिक उपजको बजारीकरण थालिएको सहकारी संस्थाका अध्यक्ष चित्रा छन्त्यालले जानकारी दिइन् । 

“गाउँ तथा जङ्गलमा खेर गइरहेको सिस्नो र बाँकोलाई ब्रान्ड बनाएर बजारमा पु¥याउने हाम्रो लक्ष्य थियो, अहिले सानो परिमाणमा बजार पठाइरहेका छौँ, यहाँको आलुसमेत निकै स्वादिष्ट छ, आलुलाई चिप्स बनाएर बजार पठाउँदा यहाँका महिलाको आय आर्जन सघाउ पुग्नेछ,” छन्त्यालले भनिन् , “अर्ग्यानिक उत्पादनको बजारीकरणमा जैमिनी नगरपालिकासमेतले सघाएको छ, यस पटक आलु चिप्स बनाउने, लेबलिङ र प्याकेजिङ गर्न रु सात लाखको उपकरण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ८५ प्रतिशत अनुदान दिएको छ ।” 

एक वर्षभित्र बाँकोको गुन्द्रुक र सिस्नोको धुलो दुई लाखको बिक्री भएको छन्त्यालले जानकारी दिए । अहिले आलु चिप्सलाई मुख्य उत्पादनका रुपमा विकास गर्न आधुनिक उपकरणले सहयोग पु¥याउने छन्त्यालको भनाइ छ । विसं २०७१ मा खसीबोकाको कारोबार गर्न स्थापना भएको सहकारीले एक वर्ष यता आलु चिप्स, सिस्नोको धुलो र गुन्द्रुक बनाएर विक्री गर्न थालेको हो । 

 

जैमिनी नगरपालिकाले आलु काट्ने, आलु सुकाउने र मकै भुट्ने उपकरणसमेत सहयोग गरेको छ । विसं २०७१ मा रु १० लाख शेयर पुँजीबाट शुरु भएको सहकारीको अहिले वार्षिक कारोबार रु दुई करोड ५० लाख नाघेको छ । अहिले बाँको र सिस्नो सङ्कलन, आलु खरिद तथा ब्रान्डीङका लागि २१ महिला सक्रिय रहेका छन् ।

महिला सदस्यलाईमात्रै सहकारीमा आबद्ध गराएको सहकारीले नियमित २१ जनालाई रोजगारी दिएको छ । ‘हेफर इन्टरनेशनललेसमेत सहकारी स्थापनाका बेला बाख्राका पाठा वितरण गरी सहयोग गरेको थियो । 

 

प्रतिक्रिया

छुटाउनुभयो कि?

आम्दानीको बलियो स्रोत भुइँकटहरखेती

त्रिवेणी (नवलपरासी) - बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् ।

स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् । पहाडी...

आम्दानीको बलियो स्रोत भुइँकटहरखेती

२०८४ मा एक्लै चुनाव लडेर जित्छौँ:...

काठमाडौँ - पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहेको बताए।

...
२०८४ मा एक्लै चुनाव लडेर जित्छौँ: अध्यक्ष प्रचण्ड

बेलायत सरकारबाट प्राप्त हुने १३ अर्ब...

काठमाडौँ - सरकारले बेलायत सरकारबाट प्राप्त हुने करिब १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक...

बेलायत सरकारबाट प्राप्त हुने १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

सरकार आदिवासी जनजाति समुदायको अधिकार रक्षाका...

काठमाडौँ - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आदिवासी,जनजातिहरूको हक अधिकार रक्षा लागि सरकार प्रतिबद्ध रहेको बताए।

शुक्रबार ३० औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजित...

सरकार आदिवासी जनजाति समुदायको अधिकार रक्षाका लागि प्रतिबद्ध छ : मन्त्री पाण्डे