३० असार, २०८१
    {
राजनीति / बागमती प्रदेश / समाचार

विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ: प्रधानमन्त्री

  • पुलेसो
  • २०८१, असार ११ मंगलबार
विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ: प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धार एवम् आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई नियोगहरूले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवम् मातहतका निकायहरूका लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्न नेपाली राजदूत तथा नियोग प्रमुखहरूलाई अभिमुखीकरण गरिएको बताए ।

उनले विदेशमा हुने मृत्यु तथा कानुनी सजायका सम्बन्धमा उक्त मुलुकको कानुनबमोजिम प्रहरी अनुसन्धान तथा न्यायिक निरूपणमा केही समय लाग्ने भएकाले नेपाली नियोगले शव पठाउने तथा क्षतिपूर्तिको रकम दिलाउन कतिपय अवस्थामा केही समय लाग्ने भए पनि नियोगहरूबाट यस प्रकारका सेवा २४ सै घण्टा प्राप्त हुन सक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिए ।

“केही नियोगहरूमा टेलिफोन सेवाका अतिरिक्त हट लाइन सेवाका साथै वेभसाइट र सामाजिक सञ्जाललगायतका माध्यमबाट सहज सम्पर्कको व्यवस्था मिलाइएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “साउदी अरबलगायतका केही नियोगमा सेल्टर होमको व्यवस्था गरिएको छ । नियोगहरूले प्रत्यक्ष तथा अनलाइन माध्यमबाट नेपाली कामदार लक्षित मनोपरामर्शसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।”

 

 

राहदानी विभागले राहदानी सेवालाई थप छिटोछरितो र सेवाग्राहीमैत्री तुल्याइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राहदानी वितरण अझ सहज, सरल र व्यवस्थित बनाउन प्रयत्न जारी रहने स्पष्ट पारे । उनले विदेशमा रहेका नेपालीको हक हितलाई ध्यान दिँदै राहदानी तथा कन्सुलर सेवालाई  प्रविधिमा आधारित बनाइएको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले भने,“राजदूतावास नभएका मुलुकहरूमा विद्युतीय राहदानी आवेदन सङ्कलन र वितरणका लागि घुम्ती सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ,” ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी...

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताए।

बिहीबार टी–२० विश्वकपमा सहभागी...

फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी दिनमा सुधार गर्छौँ : कप्तान पौडेल

रोजगारसम्बन्धी कार्यक्रमलाई बजेटले प्राथमिकता दिएको छ...

काठमाडौँ - अर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको बजेटमा आन्तरिक उत्पादन तथा रोजगारसम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिइएको बताए।

राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०८०र८१ को बजेटमाथिको सामान्य...

रोजगारसम्बन्धी कार्यक्रमलाई बजेटले प्राथमिकता दिएको छ : अर्थमन्त्री पुन

विकास पर्खेको विकट बस्ती मलास

डडेल्धुरा - डडेल्धुराको भित्री मधेस क्षेत्रमा पर्ने मलास कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट १६ किलोमिटरको दुरीमा अवस्थित छ ।

उक्त बस्तीमा छ सय बढी मतदाता छन् । कञ्चनपुरको सीमाक्षेत्रमा...

विकास पर्खेको विकट बस्ती मलास

थानकोट–चन्द्रागिरि–चित्लाङ सडक असार २० सम्म बन्द

हेटौँडा - थानकोट–चन्द्रागिरि–चित्लाङ सडक (गणेशमान सिंह मार्ग) निर्माण एवं मर्मतसम्भारका क्रममा शुक्रबारबाट बन्द हुने भएको छ ।

थानकोट–चन्द्रागिरि–चित्लाङ सडकको थानकोट–चन्द्रागिरि खण्डमा मोड सुधार, उकालो कम गर्ने,...

थानकोट–चन्द्रागिरि–चित्लाङ सडक असार २० सम्म बन्द