११ चैत, २०८१
    {
लुम्बिनी प्रदेश / कृषि / समाचार

व्यावसायिक भैँसी पालनबाट मनग्य आम्दानी

  • पुलेसो
  • २०८१, असार ६ बिहीबार
व्यावसायिक भैँसी पालनबाट मनग्य आम्दानी

देउखुरी (दाङ) - घोराही उपमहानगरपालिका-६ बचाहामा बाबुराम वलीले विगत तीन वर्षदेखि व्यावसायिक भैँसी पाल्दै आएका छन्। उनले बाबुराम बहुउद्देश्यीय कृषि तथा पशुपन्क्षी नामको फार्म दर्ता गरेका छन्।

दुई दशक दुबईमा बसेर फर्किएका व्यवसायी वलीले श्रीमतीको नाममा व्यवसाय दर्ता गरेका छन्। उनले ३६  भैँसीबाट व्यवसाय सुरु गरेका हुन् । उनले दुध दिँदासम्म भैँसी आफै राख्ने गरेका छन् । उनले भने, “बिहान बेलुका गरी दैनिक ९६ लिटर दुध आफैले बजार पुर्‍याउने गरेको छु २८ लिटर दुध ७५ रुपियाँका दरले तुलसीपुर-१८ दुधरासको डेरीबाट किनेर एक सय रुपियाँमा बिक्री गर्ने गरेको छु ।” महिनाको ३० हजार भैँसीको दानापानी र अन्य खर्च कटाउँदा तीन लाख ४० हजार महिनामा आम्दानी हुने गरेको उनले बताए ।

आफैले मोटरसाइकलमा क्यान राखेर दैनिक दुध घोराही बजारका ग्राहकलाई घरघरमा पुर्‍याउने गरेको उनले बताए । आफ्नो काम गर्न लाज मान्नु हुँदैन । पसिनाको कमाइ मिठो हुन्छ । उनले सबै भैँसीको बिमा गरेका छन् । भैँसीको दुधका साथै मल पनि बिक्री हुन्छ । एक ट्याक्टर मल चार हजार पाँच सयमा बिक्री गर्ने गरेको बताए । अलिकति जाँगर गर्ने हो भने सबै ठाउँमा पैसा छ । भैँसीको दुध, मल र बाख्रा बेच्दा पैसा आउँछ । गत वर्ष दुध बिक्री गरेको पैसाले साढे दुई कठ्ठा जग्गा थपेको उनले बताए । 

बिस लाख कठ्ठाका दरले ५० लाखमा किनेको बताए ।“भैँसीलाई चाहिने घाँस, पराल घरमै उत्पादन हुने गरेको बाहिर किन्नु पर्दैन”उनले भने । गोठको एउटा कोठा भरी बरसिम घाँस र गहुँको भुस भरिभराउ छ । चार बिघा खेतबारी आफ्नै छ, त्यतिले नपुगेर साढे एक बिघा खेत वार्षिक २० हजार भाडा दिने सर्तमा लिएर घाँसखेती गरेको छ । आफ्नै लगानीमा सबै खर्च गरेको उनले बताए । 

 

उनले भने,कसैले सहयोग लिन आउनुस् भनेका छैनन् मलाई सहयोग चाहियो भन्न गएको छैन  । कहाँ कसरी सहयोग मिल्छ भनेर सोध्न जाने समय पनि नभएको उनले बताए । स्थानीय तहले दिने अनुदानका बारेमा अनविज्ञ रहेको उनले बताए ।

व्यवसायी वलीले भैँसीका साथमा बाख्रा पनि पालेका छन्। उनीसँग १७ खसी, बोका र बाख्रा छन् । भैँसीका लागि दानापानी जुटाउन परिहाल्छ । त्यसैमा अलिकति दाना थपे बाख्रा पाल्न सकिन्छ भन्ने सोचाइ आएर बाख्रा पनि सुरु गरेको उनले बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको...

काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाए । 

सांसदहरुले महायज्ञको नाममा...

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूको आपत्ति

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

फिक्कल (इलाम) - अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ ।

हात्तीढुङ्गे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वनतरुलखेती...

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील...

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताए ।

‘सबैका लागि समयमै पूर्वसूचना’ नाराका...

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

एसियाली राजमार्ग निर्माण : कामको गति...

झापा - एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ ।

एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले...

एसियाली राजमार्ग निर्माण : कामको गति सुस्त, लक्ष्य भेटाउन कठिन