काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निरन्तर घटेको बजेटको सीमा र वृद्धि भएको मागलाई सन्तुलन कायम गर्नेगरी मन्त्रालयको योजना तथा बजेट प्रस्तुत गरिएको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि उठेका प्रश्नको मन्त्री भण्डारीले जवाफ दिएका हुन् । सांसदहरूले मन्त्रालयगत विनियोजनमा उठाएका प्रश्नको जवाफ दिँदै उद्योगमन्त्री भण्डारीले मन्त्रालयले विद्यमान आवश्यकता र मागको मूल्यांकन गरी बजेट ल्याएको बताएका हुन् ।
‘मन्त्रालयले विद्यमान आवश्यकता र मागको मूल्यांकन तथा वस्तु स्थितिको मूल्यांकन गरी आगामी आर्थिक वर्षको बजेट प्रश्ताव गरेको छ । निरन्तर रुपमा घटिरहेको बजेटको सीमा र बढिरहेको माग समेतलाई सन्तुलन कायम गर्ने गरी कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रको विकासको लागि नीतिगत स्थायीत्व र कार्यविधिगत सरलीकरण गरी लगानीमैत्री वातावरण निर्माण गर्ने काममा मन्त्रालय निरन्तर प्रतिबद्ध रहेको छ,' मन्त्री भण्डारीले भने, 'सरकारले उपभोक्ता हित संरक्षणको लागि उपभोक्ता अदालत गठन प्रक्रियाका लागि बजेट विनियोजन गरिएको छ ।
बजारमा माग उच्च हुने तथा मूल्य अस्वाभाविक रुपमा बृद्धि हुन नसक्ने अवस्था दृष्टिगत गरी रणनीतिक रुपमा संयुक्त बजार अनुगमनलाई तीव्रता दिने र सूचना र अनुसन्धानमा आधारित बजार अनुगमन प्रणालीलाई कार्यान्वयनमा ल्याउने र जोखिम क्षेत्रको बजार विश्लेषण गरी नियमित तथा आकस्मिक बजार अनुगमन गर्ने तयारी छ ।’सूचना र अनुसन्धानमा आधारित बजार अनुगमन प्रणालीलाई कार्यान्वयनमा ल्याउने मन्त्री भण्डारीको भनाइ थियो ।
काठमाडौंँ । गीतकार लोकराज अधिकारीको शब्द तथा गोविन्द मधुर आचार्यको संगीत रहेको गीत ‘ए कान्छा’ सार्वजनिक गरिएको छ ।
ज्याक्लिन पेरालेज–फ्लेमिङको स्वर रहेको गीतको संगीत संयोजन...
तानसेन (पाल्पा) - यहाँको तानसेन नगरपालिका–११ बन्दीपोखरास्थित अनौठो जोगीपानी कुवा ओझेलमा परेको छ ।
बोल्न नसक्ने बच्चालाई यस कुवाको पानी खुवाएमा बोल्न सक्छन् भन्ने जनविश्वास रहिआएको उक्त...
धुलिखेल - आदिवासी जनजाति समुदायअन्तर्गत लोपोन्मुख हायु जातिका समुदाय आफ्नो भाषा संरक्षणमा जुटेका छन् ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० बाल्टिङमा रहेको सो समुदायलाई भाषा, संंंस्कार र संस्कृति...
म्याग्दी - विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन् । बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका...
प्रतिक्रिया