बाँके - कर्णाली प्रदेश सरकारले ‘गर्मीसे बेहाल चलो राराताल’ भन्ने अभियान सुरु गरेको छ ।
कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले नेपाल फोटो पत्रकार महासङ्घसँगको सहकार्यमा भारतीय पत्रकार र पर्यटन व्यवसायीलाई सुर्खेत, दैलेख, कालिकोट हुँदै रारा तालसम्म पुर्याएर भारतीय पर्यटकहरूलाई आकर्षित गर्ने कार्यक्रम लागु गरेको छ ।
भारतका नौ जना पत्रकार र पर्यटन व्यवसायीहरूलाई जमुनाहा नाकामा कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन शाखाका प्रमुख राम बहादुर बुढा लगायतले स्वागत गरेको थियो । भारतीय पर्यटकहरू स्वागत पश्चात् सुर्खेत प्रस्थान गरेका थिए ।
राराताल लगायतका पर्यटकीय स्थलहरूको अवलोकन भ्रमणका लागि फोटो पत्रकार महासङ्घको निमन्त्रणामा आ एका भारतीय पत्रकार र पर्यटन व्यवसायीलाई नेपाल भारत नाकाको जमुनाहामा कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन शाखाका प्रमुख बुढा, पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, फोटो पत्रकार महासङ्घका केन्द्रिय अध्यक्ष हरिप्रसाद रेग्मी, वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, वरिष्ठ सचिव हरिहरसिंह राठौर र कर्णालीका पर्यटन व्यवसायी मनराज सिम्खडा लगायतले स्वागत गरेका थिए ।
पर्यटन शाखाका प्रमुख बुढाले कर्णालीका पर्यटकीय स्थलहरूको प्रचार प्रसारका लागि भारतीय र नेपाली पत्रकार तथा पर्यटन व्यवसायीलाई राराताल लगेर राराको अवलोकनका साथै अन्तरक्रिया समेत गरिने बताए।
अत्यधिक गर्मीका कारण जनजीवन बेहाल भइरहेका बेला राराताल लगायतको प्रचार प्रसार गरी भारतीय पर्यटक आकर्षित गर्न सकिने बुढाको भनाई थियो । भारतीय पत्रकार शादाब हुसैनले यो भ्रमणले नेपालमा भारतीय पर्यटकको आवागमनमा वृद्धि हुने बताए ।
काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कर्मचारीहरूले सुशासन कायम गर्नमा विशेष ध्यान दिनुपर्ने बताए ।
नेपाल निजामती कर्मचारी सङ्गठन, उद्योग, वाणिज्य तथा आपूर्ति विभागीय समितिको १२औँ अधिवेशन...
लम्की - परराष्ट्रमन्त्री आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड छ लेनको बनाउन छिट्टै काम सुरू हुने बताइन्।
कैलालीको लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज...
म्याग्दी - म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ ।...
चितवन - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताए । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार...
प्रतिक्रिया