नेपालगन्ज - पछिल्लो समयमा बाँके लगायतका जिल्लामा बढेको गर्मी र तातो हावा लु का कारण जनजीवन अति नै प्रभावित भएको छ।
उच्च गर्मीकै कारण बाँकेमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खजुरा गाउँपालिकाका सुन व्यवसायी टोपेन्द्र सुनारको गर्मीका कारण बेहोस भएर मृत्यु भएको हो। खजुरा बजारमा मेट्रो ज्वेलर्स सञ्चालन गर्दै आएका सुनार शुक्रवार मोटरसाइकलमा घरबाट पसलतर्फ आइरहेका बेला गर्मीले चक्कर लागेपछि मोटरसाइकल रोकेर सडक किनारमा बस्दा बेहोस भएका थिए।
खजुराको धनौलीमा बेहोस भएका सुनारलाई स्थानीय र प्रहरीले उद्धार गरी अस्पताल पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको बताएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । यसैगरी नेपालगन्जस्थित नीलसागर आश्रममा बस्दै आएका १०४ वर्षका कैलाश गिरीको अत्यधिक गर्मीका कारण मृत्यु भएको आश्रमकी सञ्चालक सरिता खनालले जानकारी दिइन्। गिरीलाई उपचारका लागि भेरी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको खनालले बताइन्। नीलसागर आश्रम नेपालगन्जमा २१६ जना वृद्धवृद्धा र ७५ जना बालबालिका गरेर २९६ जनाले आश्रममा आश्रय लिइरहेको जानकारी उनले गराए।
पछिल्लो केही दिनयता बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा अत्यधिक गर्मी बढेको छ। बाँकेको तापमान ४४ डिग्रीभन्दा माथि पुगेपछि गर्मीका कारण सयौं मानिस बिरामी परेका छन्। अत्यधिक गर्मी बढेकै कारण यहाँको जनजीवन अस्तव्यस्त बनेको छ भने सर्वसाधारणले दिनरात कटाउन नै धौधौ भएको जनाएका छन्।
अत्यधिक गर्मीका कारण मानिसहरु बेहोस हुने, झाडा पखाला र वान्ता हुने, टाउको दुख्ने तथा छाला चिलाउनेदेखि ज्वरो आउने क्रम बढ्दै गएको चिकित्सकले नै बताएका छन्।
काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाए ।
सांसदहरुले महायज्ञको नाममा...
फिक्कल (इलाम) - अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ ।
हात्तीढुङ्गे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वनतरुलखेती...
काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताए ।
‘सबैका लागि समयमै पूर्वसूचना’ नाराका...
झापा - एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ ।
एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले...
प्रतिक्रिया