३० असार, २०८१
    {
प्रविधि / बागमती प्रदेश / समाचार

सूचनाको हकको कार्यान्वयनबाट अर्बौ राजस्व जोगियो: सञ्चारमन्त्री शर्मा

  • पुलेसो
  • २०८१, जेठ ३१ बिहीबार
सूचनाको हकको कार्यान्वयनबाट अर्बौ राजस्व जोगियो: सञ्चारमन्त्री शर्मा

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचनाको हकको कार्यान्वयनबाट अर्बौँ राजस्व गुम्नबाट जोगिई राज्यलाई फाइदा  पुगेको बताएकी छिन् । 

सिंहदरबार स्थित राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आज बसेको बैठकमा मन्त्री शर्माले नागरिकले सूचना मागे पनि नमागे पनि सार्वजनिक निकायले सूचना प्रवाह गर्नु पर्ने दायित्व भएको र ती सूचनाले जनता र राज्यलाई फाइदा पुग्ने बताइन् । 

शासकीय सुधार एवं सुशासन प्रवर्धन गराउन सूचनाको हकको कार्यान्वयनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगको भूमिकाका विषयमा भएको छलफलमा मन्त्री शर्माले रेडियो नेपाल र नेपाल टेलिभिजनको पहुँच देशव्यापी बनाउन लागेको जानकारी दिइन् । 

छलफलमा समितिका सभापति कमलादेवी पन्तले गाउँघरमा घाँस दाउरा गर्दा अहिले पनि रेडियो नेपाल सुन्ने भएकाले विकास समिति अन्तर्गत छ भनेर राज्य पन्छिन नमिल्ने र रेडियोलाई चुस्त दुरुस्त राख्नुपर्ने भन्दै मन्त्रालयको ध्यानाकर्षण गराइन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले नागरिक एप मार्फत विभिन्न निकायहरूका सूचना थाहा पाउन सकिने र ट्राफिक चेकजाँचमा ड्राइभिङ लाइसेन्स नागरिक एप मार्फत नै देखाउन मिल्ने गरी व्यवस्था गरिएको जानकारी दिए । 

बैठकमा सांसदहरुले स्थानीय निकाय वडा तथा पालिकाहरूमा सूचना लुकाउने गरिएको, सूचनाको हकबारे पालिका प्रमुखहरू नै अनविज्ञ भएको, सूचना नपाएमा उजुरी गर्ने व्यवस्था स्थानीय तहमा गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । 

 

बैठकमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले विभिन्न निकायमा नियुक्त हुँदा गरिने सपथ ग्रहणमा गोपनयता शब्द हटाउनुपर्ने भन्दै आयोगले विभिन्न परीक्षामा सहभागीहरूले चित्त नबुझे उत्तर पुस्तिका हेर्न पाउने व्यवस्था सूचनाको हकको कार्यान्वयनबाट भएको बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी...

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताए।

बिहीबार टी–२० विश्वकपमा सहभागी...

फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी दिनमा सुधार गर्छौँ : कप्तान पौडेल

रोजगारसम्बन्धी कार्यक्रमलाई बजेटले प्राथमिकता दिएको छ...

काठमाडौँ - अर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको बजेटमा आन्तरिक उत्पादन तथा रोजगारसम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिइएको बताए।

राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०८०र८१ को बजेटमाथिको सामान्य...

रोजगारसम्बन्धी कार्यक्रमलाई बजेटले प्राथमिकता दिएको छ : अर्थमन्त्री पुन

विकास पर्खेको विकट बस्ती मलास

डडेल्धुरा - डडेल्धुराको भित्री मधेस क्षेत्रमा पर्ने मलास कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट १६ किलोमिटरको दुरीमा अवस्थित छ ।

उक्त बस्तीमा छ सय बढी मतदाता छन् । कञ्चनपुरको सीमाक्षेत्रमा...

विकास पर्खेको विकट बस्ती मलास

थानकोट–चन्द्रागिरि–चित्लाङ सडक असार २० सम्म बन्द

हेटौँडा - थानकोट–चन्द्रागिरि–चित्लाङ सडक (गणेशमान सिंह मार्ग) निर्माण एवं मर्मतसम्भारका क्रममा शुक्रबारबाट बन्द हुने भएको छ ।

थानकोट–चन्द्रागिरि–चित्लाङ सडकको थानकोट–चन्द्रागिरि खण्डमा मोड सुधार, उकालो कम गर्ने,...

थानकोट–चन्द्रागिरि–चित्लाङ सडक असार २० सम्म बन्द