२८ माघ, २०८१
    {
समाज / गण्डकी प्रदेश / समाचार

बूढापाकाको गुनासो : ‘सडकले पहिले हामी हिँड्ने गोरेटो मेटाए’

  • पुलेसो
  • २०८१, जेठ ३० बुधबार
बूढापाकाको गुनासो : ‘सडकले पहिले हामी हिँड्ने गोरेटो मेटाए’

ढोरपाटन (बागलुङ)  - एक दशक अगाडिसम्म बागलुङका अधिकांश ठाउँमा मोटरबाटो पुगेको थिएन । जब स्थानीय तह स्थापना भयो त्यस यता सडक नपुगेको गाउँ–बस्ती छैन । गाउँमा सडक नपुग्दा गाउँलेको यात्रा गोरेटो बाटोमै हुन्थ्यो । पछिल्लो समय गोरेटो बाटो प्रयोग हुन छाडेपछि झाडीले ढाकिएका छन्

यात्रा सहजताका लागि स्थानीयले जनश्रमदान गरी गोरेटो निर्माण गर्थे । अहिले त्यो चलन हराएको छ । ग्रामीण सडकले मान्छेलाई अल्छी बनाउनका साथै पुराना गोरेटो प्रयोगविहीन भएको तमानखोला गाउँपालिका–३ का मनबहादुर बुढाथोकीले बताए । 

मोटरबाटोले टाढा–टाढा यात्रा गर्न र बजारबाट सामान ढुवानीका लागि धेरै सहज भएको भन्दै गोरेटो बाटो मासिएपछि गाउँको पहिचान नै मेटिने खतरा बढेको उनले बताए । पहिले सामान ढुवानी गर्न घोडा खच्चड प्रयोग गर्ने गरेको र अहिले गाडीमा ओसारपसार गर्न थालेको बुढाथोकीले बताए । मोटरबाटोले गोरेटो बाटोसँगै कुवा, पोखरी, पानीको मुहान र चौपारी सबै विनाश गरेको गुनासो उनले गरे । गाउँमा जथाभावी सडक निर्माण गर्नु आवश्यक नभएको उनको भनाइ छ ।

“पहिले घण्टौँ हिँडेपछि गाडी चल्ने ठाउँमा पुगिन्थ्यो र पनि हामीहरु खुसी थियौँ, अहिले घरै अगाडि गाडी गुड्न थाले पनि खुसी छैनौँ, हरेक व्यक्तिलाई घर–घरमा सडक चाहिएको छ, त्यसले गर्दा हाम्रा मौलिक सम्पदा मासिए, गोरेटो बाटो गाउँले जीवनसँग जोडिएको मौलिकता हो”, बुढाथोकीले भने, “अव्यवस्थित विकासले गाउँको अस्तित्व नै सङ्कटमा परेको छ, गाउँमा एउटा सडक भए पुग्छ, अहिले जताततै मोटर बाटो मात्रै निर्माण भएका छन्, गोरेटो बाटो झाडीले ढाकिएका छन् ।”

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन पुग्न दशकअगाडि गोरेटो बाटोको विकल्प थिएन । अहिले सडकले गर्दा दर्जनौँ गोरेटो झाडीमा परिणत भएको स्थानीय तुलबहादुर सुनारले बताए । उतिबेला स्थानीय लेक बेँसी गर्दा र हजारौँको सङ्ख्यामा वस्तुभाउ ओहोरदोहोर गराउन प्रयोग गरिने बाटो अहिले सडकले पुरिएको उनको भनाइ छ । आफूहरु ११ दिन लगाएर बुटवल पुगेर नुन, चामल बोकेर उपभोग गरेको स्मरण गर्दै अहिलेका पुस्ता आधा घण्टाको दूरीमा पनि गाडी नै चढ्न चाहने सुनारले बताए । 

 

उनले भने, “अहिले जमाना फेरिए, हाम्रो पालाको जस्तो छैन, घर दैलोमै धेरै सुविधा आयो, टोलपिच्छे मोटर बाटो पुगे, त्यही भएर मान्छे एकै छिन पनि हिँड्न मान्दैनन्, पहिला हामी लेकबेँसी गर्ने बाटो अहिले कहाँ छन्, भेटिँदैनन्, कहीँ रूखबिरुवा उम्रिएका छन्, कतै काँडाले ढाकिएका छन्, कतै मोटेरबाटोले पुरेको छ, गोरेटोबाटो जोगाउनुपर्छ भन्नेमा कसैको ध्यान गएन, पहिला हामी हिँडेका ती बाटा कस्ता थिए, अहिले कस्ता भए ।”

प्रतिक्रिया

छुटाउनुभयो कि?

कर्मचारी सङ्गठनले सुशासनको पैरवी गर्नुपर्छ :...

काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कर्मचारीहरूले सुशासन कायम गर्नमा विशेष ध्यान दिनुपर्ने बताए ।

नेपाल निजामती कर्मचारी सङ्गठन, उद्योग, वाणिज्य तथा आपूर्ति विभागीय समितिको १२औँ अधिवेशन...

कर्मचारी सङ्गठनले सुशासनको पैरवी गर्नुपर्छ : मन्त्री भण्डारी

चिसापानी–गड्डा चौकी सडकखण्ड छ लेनको बन्छ...

लम्की - परराष्ट्रमन्त्री आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड छ लेनको बनाउन छिट्टै काम सुरू हुने बताइन्। 

कैलालीको लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज...

चिसापानी–गड्डा चौकी सडकखण्ड छ लेनको बन्छ : परराष्ट्रमन्त्री

पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा

म्याग्दी - म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ ।...

पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा

आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छः...

चितवन - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताए । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार...

आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छः महामन्त्री थापा