१७ वैशाख, २०८२
    {
समाज / कृषि / कर्णाली प्रदेश / समाचार

रासायनिक मलका लागि लाइनमा किसान

  • पुलेसो
  • २०८१, जेठ २८ सोमबार
रासायनिक मलका लागि लाइनमा किसान

सल्यान - मानो रोपेर मुरी फलाउने सिजन आउँदै गर्दा सल्यानका किसानहरू भने रासायनिक मलका लागि सहकारीहरूमा लामो समय लाइन बस्न बाध्य भएका छन् ।

मकै र धानका लागि आवश्यक युरिया र डिएपी मलका लागि किसानहरू सहकारीमा लाइन लाग्न बाध्य भएका हुन । चर्को गर्मीमा लाइनमा बस्दा पनि मल नपाएर रित्तो हात घर फर्किनु परेको शारदा नगरपालिका १ श्रीनगरकी डुमा बुढाथोकीले बताए । उनले भने ‘तत्कालका लागि दस किलो जति डिएपि भए पुग्ने थियो तर सहकारीले मल सकियो भने पछि खाली घर फर्किनु पर्ने भयो ।’ 

मकै, धानका लागि आफूलाई दुई बोरी युरिया र दुई बोरी डिएपि आवश्यक भएपनि २५/२५ किलो मात्र पाइएको अर्का किसान गणेश रोकाले बताए । किसानको मुख्य खेती पातीको समयमा मलको अभाव हुनु राम्रो नभएको उनको भनाई छ । उनले भने ‘भन्दा कृषि प्रधान देश भन्ने तर किसानलाई आवश्यक परेको समयमा मल बिउ विजन नपाइने यो कस्तो कृषि प्रधान देश हो ।’ 

कोटा अनुसारको मल आउँदा पनि किसानलाई मल पु¥याउन नसकिएको जनसेवी कृषि सहकारी संस्थाका अध्यक्ष नवीन भडेलले बताए । साल्ट ट्रेडिङ मार्फत सहकारीमा ८० बोरा डिएपि, १०० बोरा युरिया र २० बोरा पोटास आएको भएपनि माग धेरै भएपछि एक बोरी बराबर दुई किसानलाई मल वितरण गरिएको उनले बताए। 

 

यता साल्ट ट्रेडिङ कर्पोरेशन शितलपाटीले भने कोटा अनुसारको मल आइरहेकाले यस वर्ष रासायनिक मलको अभाव नहुने दाबी गरेको छ । कोटा अनुसारको मल केही आइसकेको र केही आउने क्रममै रहेकाले मलको अभाव नहुने साल्ट ट्रेडिङ कर्पोरेशन शितलपाटीका प्रमुख प्रवीण जङ्ग शाहले बताए  । उनले भने कोटा भन्दा बढी माग भए थाहा भएन अन्यथा कोटा अनुसारको मल आइरहेको छ । 

सल्यानमा ५० देखि ६० हजार बोरी युरिया, २५ देखि ३० हजार बोरी डिएपि र ८ देखि १० हजार बोरी पोटासको माग हुने गर्दछ ।जिल्लाभर ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धान र १९ हजार हेक्टर बढी क्षेत्रफलमा मकै खेती हुँदै आइरहेको छ । जिल्लामा डिएपि  भन्दा युरिया मलको माग बढी हुने गर्दछ । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

मह जोडीले पार गरे सहकार्यको ४५...

काठमाडौँ -  ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन् । 

  • पुलेसो
  • २०८२, वैशाख १५ सोमबार
  • मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष

    वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहर घटेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले कामपाले...

    वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो

    तरबुजा खेती गरेरै जीविका चलाउँदै दुई...

    कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबुजा बिक्री गरेरै जीविका चलाउँदै आएका छन् । विगत १५ वर्षदेखि उनले बगरमा तरबुजाखेती गर्दै आएका हुन्। 

    ...
    तरबुजा खेती गरेरै जीविका चलाउँदै दुई सय परिवार

    समावेशी र नतिजामुखी बजेट निर्माणमा जोड...

    काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी आर्थिक वर्षको बजेट सबै क्षेत्र, वर्ग र भूगोललाई समेट्ने गरी न्यायोचित तथा प्रभावकारी ढंगले निर्माण गरिनुपर्नेमा जोड दिए।

  • पुलेसो
  • २०८२, वैशाख १४ आइतबार
  • समावेशी र नतिजामुखी बजेट निर्माणमा जोड दिन ऊर्जामन्त्री खड्काको आग्रह