११ चैत, २०८१
    {
विजनेस / सुदूरपश्चिम प्रदेश / समाचार

धनगढीमा सुदूरपश्चिम प्रदेश श्रमाधान रोजगार मेला शुरु

  • पुलेसो
  • २०८१, जेठ २७ आइतबार
धनगढीमा सुदूरपश्चिम प्रदेश श्रमाधान रोजगार मेला शुरु

कैलाली - कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश श्रमाधान रोजगार मेला शुरु भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिका आयोजक रहेको रोजगार मेलाको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका हुन् ।

जेठ २७ र २८ गते दुई दिनसम्म चल्न मेलामा सरकारी तथा निजी क्षेत्रका विभिन्न स्टल राखिएका छन् ।बेरोजगार श्रमिकलाई रोजगारदातासँग जोड्ने मेलाको उद्देश्य रहेको छ । प्रदेश भित्रका बेरोजगार श्रमिक र रोजगारदाता बिच देखिएको खाडल पुर्न मेला सहयोगी बन्ने विश्वास लिइएको छ । 

 

रोजगार मेलामा श्रमिकलाई चाहेको क्षेत्रमा काम पाउने गरि आवेदन भर्न र रोजगारदाता सरकारी तथा गैरसरकारी निकाय, नीजि क्षेत्रले परामर्श दिने व्यवस्था मिलाइएको छ । मेलामा बेरोजगार श्रमिकहरूको घुइँचो लागेको देखिन्छ ।

रोजगार मेलालाई मन्त्री भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मेलामा प्रदेश सभा सदस्य धर्मराज पाठक, जनप्रतिनिधि, उच्च पदस्थ सरकारी अधिकारी, रोजगारदाता क्षेत्रका प्रतिनिधि, श्रमिक लगायतको सहभागिता रहेको छ ।

 

 

 

प्रतिक्रिया

छुटाउनुभयो कि?

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको...

काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाए । 

सांसदहरुले महायज्ञको नाममा...

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूको आपत्ति

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

फिक्कल (इलाम) - अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ ।

हात्तीढुङ्गे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वनतरुलखेती...

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील...

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताए ।

‘सबैका लागि समयमै पूर्वसूचना’ नाराका...

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

एसियाली राजमार्ग निर्माण : कामको गति...

झापा - एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ ।

एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले...

एसियाली राजमार्ग निर्माण : कामको गति सुस्त, लक्ष्य भेटाउन कठिन