२०८२, माघ, १०
    {
राजनीति / समाचार

रोजगारसम्बन्धी कार्यक्रमलाई बजेटले प्राथमिकता दिएको छ : अर्थमन्त्री पुन

  • पुलेसो
  • २०८१, जेठ २२ मंगलबार
रोजगारसम्बन्धी कार्यक्रमलाई बजेटले प्राथमिकता दिएको छ : अर्थमन्त्री पुन

काठमाडौँ - अर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको बजेटमा आन्तरिक उत्पादन तथा रोजगारसम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिइएको बताए।

राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०८०र८१ को बजेटमाथिको सामान्य छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले सार्वजनिक ऋणको प्रयोग उत्पादनमूलक क्षेत्रमा लगाई रोजगारी सृजना गरिने बताए ।नेपालका बैङ्कहरूमा अहिले पनि ५ खर्ब भन्दा बढी रकम तरल अवस्थामा रहेको बताउँदै अर्थमन्त्री पुनले यसलाई प्रयोग गरी बजेटले निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री पुनले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न बजेटले उच्च प्राथमिकतामा दिएको, कार्बन उत्सर्जन गर्ने वस्तुहरूमा हरित कर यो वर्षदेखि सुरु गरिएको, राजस्व प्रणालीलाई सुधार गरी करको दायरा फराकिलो बनाउने नीति लिएको बताए ।

 

अर्थमन्त्री पुनले नेपालमै उत्पादन भएका आलु प्याज र स्याउलाई संरक्षण गर्न १३ प्रतिशत लगाउँदै आएको कर हटाइएको र बाहिरबाट ल्याउने यी वस्तुमा अग्रिम आयकर १० प्रतिशत भन्सार विन्दुमा लगाउने जानकारी दिए 

राष्ट्रिय सभाको अर्को बैठक जेठ २८ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

शुरु भयो शहीद सप्ताह

काठमाडौँ– निरंकुश राणाशासनको  विरोधमा संघर्ष गर्ने क्रममा ज्यान गुमाएका चार शहीदको सम्झना गर्दै शहीद सप्ताह शुरु भएको छ।
तत्कालीन राणा शासकले विक्रम संवत १९९७ माघ १० गते शुक्राज शास्त्रीलाई...

शुरु भयो शहीद सप्ताह

रुकुम पूर्वमा भारी हिमपात, मध्यपहाडी लोकमार्ग...

 रुकुमपूर्व । ​रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । लोकमार्गको लुकुम–पातिहाल्ना खण्डमा बाक्लो हिउँ जमेपछि यातायातका साधनहरू ठप्प भएका हुन् ।
सडक अवरुद्ध...

रुकुम पूर्वमा भारी हिमपात, मध्यपहाडी लोकमार्ग अवरुद्ध

कांग्रेसले गगनलाई बनायो भावी प्रधानमन्त्रीको उम्मेदवार,...

काठमाडौं । नेपाली कांग्रेसले ५ मापदण्डको आधारमा सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ।
केन्द्रीय समितिको बैठकपछि ५ वटा मापदण्डको आधारमा भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेको उपसभापति विश्वप्रकाश...

कांग्रेसले गगनलाई बनायो भावी प्रधानमन्त्रीको उम्मेदवार, यस्ता छन् मापदण्ड

कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाउने...

काठमाडौ  । कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाउने गौरवको अवस्था आएको बताएका छन् । नेपाली कांग्रेसको सभापति निर्वाचित भएपछि पदभार ग्रहण गर्दै थापाले पार्टीभित्र विभिन्न आरोह अवरोध भए पनि अब...

कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाउने गौरवको अवस्था आयोः गगन थापा