२०८२, जेठ, ७
    {
राजनीति / समाचार

रोजगारसम्बन्धी कार्यक्रमलाई बजेटले प्राथमिकता दिएको छ : अर्थमन्त्री पुन

  • पुलेसो
  • २०८१, जेठ २२ मंगलबार
रोजगारसम्बन्धी कार्यक्रमलाई बजेटले प्राथमिकता दिएको छ : अर्थमन्त्री पुन

काठमाडौँ - अर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको बजेटमा आन्तरिक उत्पादन तथा रोजगारसम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिइएको बताए।

राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०८०र८१ को बजेटमाथिको सामान्य छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले सार्वजनिक ऋणको प्रयोग उत्पादनमूलक क्षेत्रमा लगाई रोजगारी सृजना गरिने बताए ।नेपालका बैङ्कहरूमा अहिले पनि ५ खर्ब भन्दा बढी रकम तरल अवस्थामा रहेको बताउँदै अर्थमन्त्री पुनले यसलाई प्रयोग गरी बजेटले निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री पुनले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न बजेटले उच्च प्राथमिकतामा दिएको, कार्बन उत्सर्जन गर्ने वस्तुहरूमा हरित कर यो वर्षदेखि सुरु गरिएको, राजस्व प्रणालीलाई सुधार गरी करको दायरा फराकिलो बनाउने नीति लिएको बताए ।

 

अर्थमन्त्री पुनले नेपालमै उत्पादन भएका आलु प्याज र स्याउलाई संरक्षण गर्न १३ प्रतिशत लगाउँदै आएको कर हटाइएको र बाहिरबाट ल्याउने यी वस्तुमा अग्रिम आयकर १० प्रतिशत भन्सार विन्दुमा लगाउने जानकारी दिए 

राष्ट्रिय सभाको अर्को बैठक जेठ २८ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

‘ए कान्छा’मा युबिन र मञ्जुको रोमान्स

काठमाडौंँ । गीतकार लोकराज अधिकारीको शब्द तथा गोविन्द मधुर आचार्यको संगीत रहेको गीत ‘ए कान्छा’ सार्वजनिक गरिएको छ ।

ज्याक्लिन पेरालेज–फ्लेमिङको स्वर रहेको गीतको संगीत संयोजन...

‘ए कान्छा’मा युबिन र मञ्जुको रोमान्स

ओझेलमा अनौठो कुवा

तानसेन (पाल्पा) - यहाँको तानसेन नगरपालिका–११ बन्दीपोखरास्थित अनौठो जोगीपानी कुवा ओझेलमा परेको छ ।

बोल्न नसक्ने बच्चालाई यस कुवाको पानी खुवाएमा बोल्न सक्छन् भन्ने जनविश्वास रहिआएको उक्त...

ओझेलमा अनौठो कुवा

भाषा संरक्षणमा जुट्दै हायु समुदाय

धुलिखेल - आदिवासी जनजाति समुदायअन्तर्गत लोपोन्मुख हायु जातिका समुदाय आफ्नो भाषा संरक्षणमा जुटेका छन् ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० बाल्टिङमा रहेको सो समुदायलाई भाषा, संंंस्कार र संस्कृति...

भाषा संरक्षणमा जुट्दै हायु समुदाय

पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय...

म्याग्दी - विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन् । बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका...

पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द