२८ माघ, २०८१
    {
मनाेरञ्जन / समाचार / फिल्मि मनोरञ्जन

फिल्म ‘दान्भी’को ट्रेलर सार्वजनिक

  • पुलेसो
  • २०८१, जेठ २० आइतबार
फिल्म ‘दान्भी’को ट्रेलर सार्वजनिक

काठमाडौँ - आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दान्भी’को ट्रेलर सार्वजनिक भएको छ ।

दुई मिनेट ४० सेकेन्डको ट्रेलरमा फिल्मकी मुख्य अभिनेत्री पूजा शर्माको एक्सन अवतार देख्न सकिन्छ । ट्रेलरमा पूजालाई ‘लेडी टाइगर’का रुपमा चित्रण गरिनुकासाथै फिल्ममा पूजा र नायक कुन्साङ बोम्जनबीचको प्रेमलाई देखाइएको छ ।

नेपाल र भारतका विभिन्न स्थानमा खिचिएको फिल्ममा विशाल पहाडी, किरण श्रेष्ठ, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ ।फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन् भने फिल्मका निर्माता देव मगर तथा अनुप गडाल हुन्  । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह-निर्माता छन् ।

हरिप्रसाद घलेको छायाङ्कन रहेको फिल्ममा, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । 

https://youtu.be/kDC_BCamIN4

प्रतिक्रिया

छुटाउनुभयो कि?

जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व...

काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री भण्डारीले...

जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छ : मन्त्री भण्डारी

विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्छ...

काठमाडौँ - नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्ने बताएका छन् । 
   
प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद केसीले आइतबार दक्षिणकाली नगरपालिका–३...

विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्छ : सांसद केसी

कर्मचारी सङ्गठनले सुशासनको पैरवी गर्नुपर्छ :...

काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कर्मचारीहरूले सुशासन कायम गर्नमा विशेष ध्यान दिनुपर्ने बताए ।

नेपाल निजामती कर्मचारी सङ्गठन, उद्योग, वाणिज्य तथा आपूर्ति विभागीय समितिको १२औँ अधिवेशन...

कर्मचारी सङ्गठनले सुशासनको पैरवी गर्नुपर्छ : मन्त्री भण्डारी

पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा

म्याग्दी - म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ ।...

पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा