११ चैत, २०८१
    {
मधेस प्रदेश / कृषि / समाचार

किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण

  • पुलेसो
  • २०८१, जेठ २० आइतबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण

जनकपुर - उत्पादकत्व बढाउने उद्देश्यले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले किसानलाई निःशुल्क रूपमा उन्नत जातको धानको बीउ वितरण गरेको छ ।

पालिकाले कृषिमा संलग्न किसानको उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यले शतप्रतिशत अनुदानमा धानको बीउ वितरण गरेको हो ।मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले धान उत्पादनमा वृद्धि ल्याउन, किसानलाई उत्साहित तथा आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण गरिएको बताए ।

किसानका मागका आधारमा जग्गाधनी पुर्जा हेरेर पर्याप्त मात्रामा बीउ उपलब्ध गराइएको उनले जानकारी दिए । अध्यक्ष यादवले भने, “यो पालिका क्षेत्रभित्र जति क्षेत्रफलमा धान उत्पादन हुन्छ सोअनुसार धानको बीउ ल्याएका छौँ, बढी हुनसक्छ कम हुँदैन ।” उनका अनुसार बहुगुणी–२, रामधान, हर्दिनाथ–६, लल्का बास्मती, राधा–४ लगायत जातका १३ क्विन्टलभन्दा बढी बीउ वितरण गरिएको छ ।

 

अध्यक्ष यादवले धानको बीउ खरिद गर्न रु १० लाख बजेट विनियोजन गरिएको बताउँदै अहिलेसम्म रु सात लाख ९० हजारको बीउ खरिद गरिएको जानकारी दिए । उनले धानको बीउसँगै किसानलाई आवश्यक परामर्श, कृषिऔजार तथा उपकरण वितरण गरिँदै आइएको बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको...

काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाए । 

सांसदहरुले महायज्ञको नाममा...

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूको आपत्ति

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

फिक्कल (इलाम) - अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ ।

हात्तीढुङ्गे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वनतरुलखेती...

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील...

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताए ।

‘सबैका लागि समयमै पूर्वसूचना’ नाराका...

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

एसियाली राजमार्ग निर्माण : कामको गति...

झापा - एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ ।

एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले...

एसियाली राजमार्ग निर्माण : कामको गति सुस्त, लक्ष्य भेटाउन कठिन