११ चैत, २०८१
    {
अन्तराष्ट्रिय / मनाेरञ्जन / समाचार

एनिमल पछि बलिउडमा चम्किएकी तृप्ति

  • पुलेसो
  • २०८१, जेठ १७ बिहीबार
एनिमल पछि बलिउडमा चम्किएकी तृप्ति

काठमाडौं सन् २०२३ को अन्तिम महिना रिलिज भएको फिल्म एनिमल बक्स अफिसमा ब्लकबस्टर साबित भयो । सो फिल्ममा तृप्ति डिमरीले केही मिनेटको भूमिका खेलेर सनसनी मच्चाएकी थिइन् ।फिल्ममा उनको अभिनयलाई दर्शकले निकै रुचाएका थिए र उनलाई ‘भाभी २’ को उपनाम समेत दिएका थिए ।

एनिमलको सफलताबाट तृप्तीको करियरलाई सबैभन्दा बढी फाइदा भएको छ । अहिले उनले एक पछि अर्को ठुलो बजेटको फिल्ममा काम गरिरहेकी छन् ।उनको हालै धर्मा प्रोडक्सनको फिल्म धड्क-२ को घोषणा गरिएको छ । फिल्मको छोटो प्रोमो सार्वजनिक गर्दै निर्माताले तृप्ती डिमरी र सिद्धान्त चतुर्वेदी मुख्य भूमिकामा देखिने जानकारी दिइएको छ । फिल्मलाई शाजिया इकबालले निर्देशन गरिरहेकी छन् । यो फिल्म नोभेम्बर २२ मा हलमा रिलिज हुने बताइएको छ ।

त्यस्तै उनको अर्को फिल्म ब्याड न्यूज पनि आउने भएको छ । गुड न्यूज पछि धर्मा प्रोडक्सनले चाँडै ब्याड न्यूज ल्याउने भएको छ । फिल्मको स्टार कास्टको कुरा गर्दा विक्की कौशल र एमी विर्क मुख्य भूमिकामा छन् । फिल्ममा तृप्तीले मुख्य नायिकाको रुपमा काम गरेकी छिन् । यो फिल्म जुलाई १९ मा बक्स अफिसमा रिलिज हुनेछ ।

त्यस्तै भूलभुलैया ३ मा पनि तृप्तिले काम गरेकी छन् । अनीस बज्मीको निर्देशनमा बन्न लागेको चलचित्र ‘भुल भुलैया ३’ को लागि मानिसहरु लामो समयदेखि पर्खिरहेका थिए । फिल्ममा कार्तिक आर्यनले फेरि एकपटक रुह बाबाको भूमिका निभाएर मानिसहरूलाई हँसाउन लागेका छन् । यो फिल्ममा तृप्ति डिमरी पनि देखिने छिन् । केही समय अघि उनी फिल्मको पोस्टरमा देखिएकी थिइन् ।

त्यस्तै एनिमलको सिक्वेल भनिएको फिल्म एनिमल पार्कमा पनि तृप्ति आउदै छिन् । सन्दीप रेड्डी वाङ्गाको निर्देशनमा बन्न लागेको यो फिल्मलाई लिएर दर्शकमा निकै उत्साह छ । मिडिया रिपोर्टका अनुसार फिल्ममा तृप्ती पनि महत्वपूर्ण भूमिकामा देखिने छिन् । अहिले यो चलचित्र प्रि-प्रोडक्सन चरणमा छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको...

काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाए । 

सांसदहरुले महायज्ञको नाममा...

सिराहाको औरहीमा दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूको आपत्ति

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

फिक्कल (इलाम) - अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ ।

हात्तीढुङ्गे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वनतरुलखेती...

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील...

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताए ।

‘सबैका लागि समयमै पूर्वसूचना’ नाराका...

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

एसियाली राजमार्ग निर्माण : कामको गति...

झापा - एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ ।

एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले...

एसियाली राजमार्ग निर्माण : कामको गति सुस्त, लक्ष्य भेटाउन कठिन