काठमाडौँ - आदिवासी जनजाति चलचित्र महासङ्घको आयोजनामा ‘चौथो आदिवासी जनजाति चलचित्र महोत्सव–२०८१’ प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा यही जेठ २३ देखि २५ गतेसम्म आयोजना हुने भएको छ ।
महासङ्घले राजधानीमा एक कार्यक्रम गर्दै महोत्सवबारे जानकारी दिएको हो । आदिवासी जनजाति चलचित्रको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महासङ्घका अध्यक्ष पुर्खाजित राईले बताए ।‘महासङ्घले स्थापना कालदेखि नै महोत्सवलगायतका आदिवासी जनजाति चलचित्र प्रवर्द्धनसम्बन्धी कार्यक्रम गर्दै आएको हो’, राईले भने, ‘कोरोना महामारीका कारण तेस्रो संस्करणपछि महोत्सव आयोजना गर्न सकिएको थिएन । अहिले आएर पुनः निरन्तरता दिन लागेका छौ ।’
मुलुकको अर्थतन्त्र बलियो बनाउन र राष्ट्रको सांस्कृतिक पहिचानलाई जोगाइ राख्न आदिवासी जनजाति चलचित्रको ठुलो भूमिका रहेको भए पनि राज्यले चासो नदिएको राईको गुनासो छ । २०४४ सालमा नेवारी भाषाको चलचित्र ‘शिलु’ निर्माण भएयता ७ सयभन्दा बढी आदिवासी चलचित्रहरू निर्माण भइसकेको बताउँदै उनले थपे, ‘तर, नीतिगत समस्याका कारण सोचे अनुरूप आदिवासीजन जाति चलचित्रको विकास हुन सकेको छैन ।’
आदिवासी जनजाति चलचित्र महोत्सवले आदिवासी जनजातिका मौलिक कला, संस्कृति, भाषा, धर्म, परम्परा र लोक प्रथाको दस्तावेजीकरण एवं संरक्षण र प्रवर्द्धनका साथै पर्यटन विकासमा टेवा पुग्ने आयोजकको विश्वास छ ।
महोत्सवको यो चौथो संस्करणमा फिचर, सर्ट फिल्म डकुमेन्ट्रीसहित नौ वटा चलचित्र प्रदर्शन गरिनेछ । महोत्सवमा प्रदर्शन हुने उत्कृष्ट चलचित्रलाई नगद २० हजार, उत्कृष्ट वृत्तचित्रलाई १० हजार, उत्कृष्ट सर्ट फिल्मलाई १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, पब्लिक च्वाईस अवार्ड पाउनेलाई ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
काठमाडौँ - ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन् ।
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहर घटेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले कामपाले...
कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबुजा बिक्री गरेरै जीविका चलाउँदै आएका छन् । विगत १५ वर्षदेखि उनले बगरमा तरबुजाखेती गर्दै आएका हुन्।
...काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आन्दोलनरत शिक्षकका मागप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेसका सचेतक सुशीला थिङले शिक्षकहरूको जायज माग तत्काल सम्बोधन...
प्रतिक्रिया