काठमाडौँ - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुनजन्य विपद्बाट वाट हुन सक्ने सम्भावित क्षति रोक्न जोखिम प्रभावित क्षेत्रमा जनशक्ति परिचालन गर्न निर्देशन दिएका छन् ।
मनसुन पूर्व तयारी तथा प्रतिकार्य, राष्ट्रिय कार्ययोजना,२०८१ माथि आज गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री लामिछानेले विपद्को अति जोखिम भएका ठाउँमा सूचना दिने गरी तत्काल जनशक्ति खटाउन मातहतका निकायलाई निर्देशन दिएका हुन् ।
गृहमन्त्री लामिछानेले सम्भावित क्षति न्यूनीकरणका लागि अन्तर निकाय समन्वय, साझेदार निकाय, दातृ निकाय बिच निरन्तर छलफल गरी गृह मन्त्रालयको नेतृत्वमा एकीकृत सहायता प्रणालीको स्थापना गर्नुपर्नेमा जोड दिए ।लामिछानेले प्रत्येक जिल्लामा अस्थायी सहायता केन्द्र, टेलिफोन केन्द्र,विपद प्रभावित क्षेत्रमा निशूल्क टेलिफोन सेवा, स्वास्थ्य सेवाको अभाव नहुने गरी प्रबन्ध मिलाउन समेत निर्देशन दिए ।
छलफलमा गृह सचिव एकनारायण अर्यालले विगतमा विपद्का समयमा राहत र उद्धारमा हुने गरेको ढिलासुस्ती र अन्यौलता हटाउन समन्वयलाई थप प्रभावकारी बनाइने बताए ।छलफलमा सहभागी विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले विपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले साझेदार निकायसँग समन्वय गरी आवश्यक उपकरण र स्वयंसेवकको प्रबन्ध गर्नुपर्नेमा जोड दिए ।
काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाए ।
सांसदहरुले महायज्ञको नाममा...
फिक्कल (इलाम) - अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ ।
हात्तीढुङ्गे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वनतरुलखेती...
काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताए ।
‘सबैका लागि समयमै पूर्वसूचना’ नाराका...
झापा - एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ ।
एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले...
प्रतिक्रिया