२८ माघ, २०८१
    {
समाज / प्रविधि / मधेस प्रदेश / समाचार

आविष्कार केन्द्रले बनायो दश किसिमका कृषि औजार

  • पुलेसो
  • २०८१, जेठ १३ आइतबार
आविष्कार केन्द्रले बनायो दश किसिमका कृषि औजार

वीरगञ्ज - राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ । 

हाल १० किसिमका साना  कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले बताए । धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मेसिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने मेसिन तयार भएका उनले बताए । यी औजार तथा उपकरणको  मूल्य भने निर्धारण गर्न बाँकी रहेको उनले बताए । 

इन्जिनियर साहले तीन चरणको अथक मेहनतपछि उपकरण बनाउन सफलता मिलेको बताए । केन्द्रका कार्यरत मेकानिकल इन्जिनियरहरूको टोलीले कारखानामा रहेका पुराना साना–ठूला गरेर ५५ उपकरणमध्ये ५१ वटा मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिने जनाएको छ ।

 

हाल केन्द्रमा १५ जना कार्यरत छन् ।सरकारले २०७९ असोज ११ गते कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाईसञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । केन्द्रले औपचारिक रूपमा २०७९ माघदेखि काम थालेको हो ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

कर्मचारी सङ्गठनले सुशासनको पैरवी गर्नुपर्छ :...

काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कर्मचारीहरूले सुशासन कायम गर्नमा विशेष ध्यान दिनुपर्ने बताए ।

नेपाल निजामती कर्मचारी सङ्गठन, उद्योग, वाणिज्य तथा आपूर्ति विभागीय समितिको १२औँ अधिवेशन...

कर्मचारी सङ्गठनले सुशासनको पैरवी गर्नुपर्छ : मन्त्री भण्डारी

चिसापानी–गड्डा चौकी सडकखण्ड छ लेनको बन्छ...

लम्की - परराष्ट्रमन्त्री आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड छ लेनको बनाउन छिट्टै काम सुरू हुने बताइन्। 

कैलालीको लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज...

चिसापानी–गड्डा चौकी सडकखण्ड छ लेनको बन्छ : परराष्ट्रमन्त्री

पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा

म्याग्दी - म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ ।...

पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा

आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छः...

चितवन - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताए । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार...

आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छः महामन्त्री थापा