०८ वैशाख, २०८१
    {
राजनीति / कर्णाली प्रदेश / समाचार

कर्णाली प्रदेशसभा : नयाँ अनुहारको वर्चश्व

  • पुलेसो
  • २०७९ मंसिर १२ सोमबार
कर्णाली प्रदेशसभा :  नयाँ अनुहारको वर्चश्व

सुर्खेत - कर्णाली प्रदेशसभातर्फको २४ ‘सिट’मा छ जना मात्रै पुराना अनुहार दोहोरिएका छन् । कर्णालीमा स्वतन्त्रको लहर नदेखिए पनि नयाँ अनुहारलाई निर्वाचित गरेर नयाँ सन्देश दिइएको छ । यसरी दोहोरिनेमा बहालवाला मुख्यमन्त्री र केही मन्त्री मात्रै रहेका छन्।

मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट प्रदेशसभा सदस्यमा पुनः निर्वाचित भएका छन्। उनले नेकपा एमालेका छक्कबहादुर लामालाई हराए । उनी यसअघिका प्रतिनिधिसभा सदस्यसमेत थिए । यसबाहेक बहालवाला वन तथा वातावरणमन्त्री समाजवादीबाट डोल्पा (१) बाट वीरबहादुर शाही र सुर्खेत २ (२) बाट माओवादी केन्द्रका विन्दमान विष्ट रहेका छन् । एमालेका संसदीय दलका नेतासमेत रहेका यामलाल कँडेल सुर्खेत २ (१) बाट निर्वाचित भएका छन् । प्रदेश (२) मा कांग्रेसका राजीवविक्रम शाह निर्वाचित भएका छन् । उनी यसअघि प्रतिनिधिसभा सदस्यसमेत थिए । उनले एमालेका खिमबहादुर शाहीलाई पराजित गरे ।

यस्तै दैलेख २ (२) मा एमालेका विनोदकुमार शाह विजयी भए । उनले केही समयअघि एमाले त्यागेका पूर्वसहकर्मी माओवादीका योगेन्द्र शाहीलाई पराजित गरे । उनी यसअघि प्रतिनिधिसभा सदस्यसमेत भइसकेका छन् । कालीकोट प्रदेशसभा (१) बाट माओवादीका दुर्गबहादुर रावत प्रदेशसभा सदस्यमा विजयी भए । उनी यसअधि प्रतिनिधिसभा सदस्यसमेत थिए । रावतले एमालेका निवर्तमान सांसद कुर्मराज शाहीलाई पराजित गरे । कर्णालीले निर्वाचित गरेका नयाँ अनुहार भने १८ जना रहेका छन् । सुर्खेत १ (१) बाट कांग्रेसका खड्ग पोखरेल पहिलो पटक प्रदेशसभामा प्रवेश गरेका छन् । उनी एमालेका निवर्तमान सांसद ठम्बर विष्टलाई हराएर विजयी भए । 

यस्तै, १ (२)का कृष्ण जिसी पनि नयाँ अनुहार हुन् । माओवादी केन्द्रबाट निर्वाचित जिसीले एमालेका डण्डीप्रसाद शर्मालाई पराजित गरे । निवर्तमान दुल्लु नगरपालिकाका प्रमुखसमेत रहेका घनश्याम भण्डारी पनि पहिलोपटक प्रदेशसभामा प्रवेश गर्दै छन् । राजनीतिमा आउनुअघि पत्रकारसमेत रहेका भण्डारीले एमालेका तिलक रिजाललाई दैलेख २ (१)मा पराजित गरे । 

यस्तै, दैलेख १ (१) बाट कांग्रेसका पूर्णबहादुर खत्री र (२) बाट कृष्ण बिसी विजयी भए । खत्री र बिसीले एमालेका प्रेमबहादुर थापा र निवर्तमान सांसद धर्मराज रेग्मीलाई पराजित गरे । सल्यान (१) बाट माओवादीका भीमप्रकाश शर्मा विजयी भए ।शर्माले एमालेका कुलबहादुर गिरीलाई पराजित गरे भने (२) मा कांग्रेसका सुरेश अधिकारीले निवर्तमान सांसद गुलाबजङ्ग शाहलाई पराजित गरे । 

यस्तै, रुकुमपश्चिमका दुवै क्षेत्रबाट माओवादीका नयाँ उम्मेदवार सदस्य निर्वाचित भए । रुकुम पश्चिम प्रदेशसभा (१) मा माओवादीका महेन्द्र केसीले एमालेका नारायणकुमार शाहलाई पराजित गरे । यस्तै (२) मा राजकुमार शर्मा विजयी भए । उनले एमालेका कर्णबहादुर घर्तीलाई पराजित गरे । जाजरकोट प्रदेशसभा (१) मा कांग्रेसका बेदराज सिंह निर्वाचित हुँदा एमालेका डम्बरबहादुर सिंह पराजित भए ।कालीकोट प्रदेशसभा (२) मा कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भए । उनले एमालेका वीरेन्द्रबहादुर बोगटीलाई पराजित गरे । डोल्पा प्रदेशसभा (१) मा एमालेका शेरबहादुर बुढा विजयी हुँदा कांग्रेसका दीपेन्द्रबहादुर शाही पराजित भए ।

 

हुम्ला प्रदेशसभा (१) बाट माओवादीका रनसिंह परियार विजयी हुँदा उनका प्रतिस्पर्धी स्वतन्त्रका मङ्गलबहादुर शाही पराजित भए । यस्तै मुगु (१) मा एमालेका जितबहादुर मल्लले समाजवादीका गोपालबहादुर बमलाई पराजित गरे । यस्तै, मुगु (२) मा माओवादीका मङ्गलबहादुर शाही पनि विजयी भए । उनले एमालेका कर्णबहादुर मल्ललाई पराजित गरे । 

यस्तै, जुम्ला प्रदेशसभा (१) मा कांग्रेसबाट बागी उठेका देवेन्द्रबहादुर शाही विजयी भए । उनले कांग्रेसका प्रदेश सभापति ललितजङ्ग शाहीलाई पराजित गरे । यस्तै जुम्ला (२) मा एमालेका टेकराज पछाई विजयी हुँदा समाजवादीका बहालवाला मन्त्री पदमबहादुर रोकाया पराजित भए ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

प्रतिव्यत्ति ७३ हजार २३५ रुपैयाँ ऋण

काठमाडौं - नेपाल सरकारको ऋण २१ खर्ब ७३ अर्ब रुपैयाँ माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ११ महिनामा नेपाल...

प्रतिव्यत्ति ७३ हजार २३५ रुपैयाँ ऋण

कञ्चनपुरमा परेन पानी सुरु भएन रोपाइँ

कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३  पिपलाडीका चेतराज चौधरीले गत वर्ष यस समयमा रोपाइँ सुरु गरिसकेको थियो । रोपाइँमा व्यस्त हुने यस समयमा अहिले उनी फुर्सदिला छन् ।वर्षा नहुँदा...

कञ्चनपुरमा परेन पानी सुरु भएन रोपाइँ