दमौली - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवंम् तनहुँ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित शंकर भण्डारीले वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको नेतृत्व गर्न पाउनु पर्ने बताएका छन् ।
पौडेल तनहुँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएपछि भएको सभामा भण्डारीले देशको विकास गर्न पौडललाई नेतृत्व पर्ने बताए ।‘देशमा सुशासन कायम गर्न रामचन्द्र दाइले नेतृत्व लिन आवश्यक छ,’ भण्डारीले भने, ‘देशलाई सहिमार्गमा लैजान उहाँलाई पार्टी तथा गठबन्धनले देशको नेतृत्व गर्न दिनुपर्छ ।’
दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य रहेको तनहुँमा कांग्रेसले दुवै प्रतिनिधिसभा र दुई प्रदेश सभा जितेको छ । कांग्रेससँग गठबन्धन गरेको नेकपा माओवादी केन्द्रले १ प्रदेश सभा र नेकपा एमालेले एक प्रदेश सभा जितेका छन् ।
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।उनले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमामा अवस्थित क्षेत्र नं ‘क’ केन्द्रमा...
काठमाडौं - नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६ कार्यालयस्थित धापासी बुथमा मतदान गरेका छन्...
काठमाडौं - निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि वा भोजभतेर गरेको वा शान्ति भङ्ग गर्नेजस्ता निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...
काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताए ।
...
प्रतिक्रिया