२० मंसिर, २०७९
    {
राजनीति / समाचार

चुनाव भयो खुसी छु : प्रधानमन्त्री देउवा

  • पुलेसो
  • २०७९ मंसिर ०४ आइतबार
चुनाव भयो खुसी छु : प्रधानमन्त्री देउवा

डडेल्धुरा  - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएको मितिमा चुनाव भएको भन्दै खुसी व्यक्त गरेका छन्।

गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ को असिग्राम माविबाट मतअधिकार प्रयोग गरेका देउवाले निर्वाचन नहुने भन्दै कतिपय तत्त्वले भ्रम फैलाइरहे पनि तोकिएको मितिमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएकोमा भन्दै खुसी व्यक्त गरेका छन्। 

उनले वाम लोकतान्त्रिक गठबन्धनको सरकारले तोकिएको समयमा निर्वाचन गराई लोकतन्त्र र संविधानको रक्षा गरेको बताए। मतदान गरिसकेपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले निर्वाचनपछि देशमा समृद्धिको बाटो खुलेको बताए। उनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन एकै पटक हुँदा अब देशको यात्रा विकास र समृद्धितर्फ हुने  बताए। 

प्रधानमन्त्री देउवा र उनकी पत्नी एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सामानुपातिकतर्फका उम्मेदवार डा.आरजु राणा देउवाले असिग्राम मावि केन्द्रबाट आइतबार बिहान १०ः०५ बजे मतदान गरेका थिए। निर्वाचनपछि भावी प्रधानमन्त्री को हुने ? भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले आचारसंहिताको बेला धेरै कुरा बोल्न नमिल्ने बताए। 

 

सत्ता गठबन्धन दलहरु मिलेर गठबन्धन गरेर निर्वाचनमा होमिएको उल्लेख गर्दै देउवाले अबको तीनरचार वटा निर्वाचनसम्म गठबन्धन कायम रहने बताए। गठबन्धन लामो समयसम्म सरकार सञ्चालन गर्न सके राजनीतिक स्थिरता कायम हुने र देशमा विकास, समृद्धि हुने उनको भनाइ छ। 

निर्वाचन अघि देउवाले कात्तिक १७ गते देखि २० गतेसम्म डडेलधुराका सातवटै स्थानीय तहमा पुगेर सातवटा चुनावी आमसभालाई सम्बोधन गरेका थिए। 

प्रतिक्रिया

छुटाउनुभयो कि?

कञ्चनपुरमा धान उत्पादन बढ्यो

दोधारा चाँदनी  -  कञ्चनपुरमा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादकत्व १ दशमलव ३७ ले बढेको...

कञ्चनपुरमा धान उत्पादन बढ्यो

देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम् तापक्रम...

काठमाडौं  - देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको...

देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम् तापक्रम ६.८ डिग्री  गोरखापत्र ताजा

मंसिर २२ गतेदेखि १४औं मानव अधिकार...

काठमाडौं - नेपालमा पनि विभिन्न कार्यक्रम गरी ७४औं अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइने भएको छ । 

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर “सबैका लागि मर्यादा, स्वतन्त्रता...

मंसिर २२ गतेदेखि १४औं मानव अधिकार राष्ट्रिय महाभेला हुने, महाभेलाको उद्घाटन उपराष्ट्रपति पुनले गर्ने

प्रदेशसभाको प्रत्यक्षतर्फको ३३० मध्ये १११ स्थान...

काठमाडौँ - सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ। प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ।

  • पुलेसो
  • २०७९ मंसिर २० मंगलबार
  • प्रदेशसभाको प्रत्यक्षतर्फको ३३० मध्ये १११ स्थान जित्दै कांग्रेस पहिलो दल