काठमाडौँ - भारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण दिल्लीको 'अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स'मा अगस्ट १० भर्ना भएका श्रीवास्तवको उपचारकै क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
श्रीवास्तवका एक आफन्तले भारतीय समाचार संस्था पीटीआईसँग भनेका छन्, उनलाई व्यायामका क्रममा हृदयघात भएको थियो । 'उहाँ ट्रेडमिलमा आफ्नो दैनिक व्यायाम गर्दै हुनुहुन्थ्यो । त्यही क्रममा लड्नुभयो । उति नै बेला हृदयघात भयो अनि तुरुन्तै अस्पताल ल्यायौं,' ।
श्रीवास्तवको जन्म उत्तर प्रदेशको कानपुरमा सन् १९६३ डिसेम्बर २५ मा भएको थियो । बाल्यकालमा उनको नाम सत्यप्रकाश श्रीवास्तव भए पनि बलिउडमा उनी राजु श्रीवास्तवको नामले चिनिन्छन् । बाल्यकालदेखि उनी मिमिक्री र कमेडी गर्ने गर्थे । उनले केही फिल्मका साथै टीभी शोमा काम गरे । रियालिटी शोमा पनि उनले भाग लिएका थिए ।
उनले मैने प्यार किया, बाजीगर, बम्बे टु गोवा (रिमेक), आम्दानी अठन्नी खर्चा रुपैया जस्ता फिल्ममा अभिनय गरेका छन् । उनी उत्तर प्रदेश फिल्म विकास परिषद्का अध्यक्ष समेत थिए ।त्यस्तै उनी 'बिग बोस'को तेस्रो संस्करणमा समेत सहभागी भएका थिए ।
स्ट्यान्डअप कमेडियन श्रीवास्तव हरेक परिस्थितिलाई जोक्स र कमिक्स बनाइ सही समयमा दर्शक हँसाउन सक्ने कलाकार थिए । सन् २००५ को कमेडी सो 'द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज'को पहिलो सिजनबाटै उनले ख्याति कमाए ।
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।उनले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमामा अवस्थित क्षेत्र नं ‘क’ केन्द्रमा...
काठमाडौं - नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६ कार्यालयस्थित धापासी बुथमा मतदान गरेका छन्...
डडेल्धुरा - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएको मितिमा चुनाव भएको भन्दै खुसी व्यक्त गरेका छन्।
गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ को असिग्राम माविबाट मतअधिकार...
काठमाडौं - निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि वा भोजभतेर गरेको वा शान्ति भङ्ग गर्नेजस्ता निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...
प्रतिक्रिया