१७ चैत, २०७९
    {
समाज / मनाेरञ्जन / समाचार

‘गरिबको दशैं’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

  • पुलेसो
  • २०७९ असोज ०२ आइतबार
‘गरिबको दशैं’ बोलको गीत सार्वजनिक  (भिडियो सहित)

काठमाडौँ । लोकदोहोरी क्षेत्रकी चर्चित गायिका शान्तिश्री परियार र बाल गायक सुप्रिम मल्ल ठकुरीको सुमधुर स्वरमा सजिएको ‘गरिबको दशैं’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

दशैं फेरि पनि नेपालीहरूको घर आँगनमा आउनै लाग्दा विदेशिएका नेपाली दाजुभाइहरूको भावनालाई समेट्दै यो गीत सार्वजनिक गरिएको गीतकार बोध श्रीले बताएकी छिन्। गीतमा सङ्गीत गायक केशव भावुकको रहेको छ भने यसै भिडियो मार्फत गायक भावुक निर्देशन समेत होमिएका छन्। उनको यो डेब्यु निर्देशन हो।

गीतलाई राजु कार्कीले सङ्गीत संयोजन गरेका हुन् । यस गीतमा बिहान खायो बेलुका के खाऊँ र बेलुका खायो बिहान के खाऊँ हुने गरिब तथा दुःखी हरूको कथालाई समावेश गरिएको छ । गीतमा दशैं दशा बनेर आएको एक घत लाग्दो कथा बुनिएको छ । ‘आयो दशैं ढोल पिटाई, गयो दशैं ऋण बोकाइ’ भन्ने पुरानो नेपाली उखान गरिब –गुरुवाहरुको हकमा आज पनि लागु हुन्छ । खरिद गर्न सक्ने र धान्न सक्नेले त दशैं राम्रैगरी मनाउलान् । तर गरिब तथा असहायको हकमा दशै जहिले पनि पिडादायक हुने गरेको छ ।

 

म्युजिक भिडियोमा गीतकार बोध श्री, रेशम फिरिरि मुख्य भूमिकामा फिचर्ड छन् भने बालकलाकार बिदान मैनालीको समेत अभिनय रहेको छ। नरेश ऐरले छायाङ्कन गरेको यस भिडियोलाई रोनित बिशुन्खेले सम्पादन गरेका हुन्। ‘बोध अनलाइन टिभी’ नामक युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

https://youtu.be/mjNURMW-2QA

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा...

काठमाडौं  - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।उनले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमामा अवस्थित  क्षेत्र नं ‘क’ केन्द्रमा...

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा मतदान

मतपरिणाम एमालेको पक्षमा आउँछ  : ईश्वर...

काठमाडौं  -  नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६ कार्यालयस्थित धापासी बुथमा मतदान गरेका छन्...

मतपरिणाम एमालेको पक्षमा आउँछ  :  ईश्वर पोखरेल

निर्वाचन प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...

काठमाडौं -  निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि वा भोजभतेर गरेको वा शान्ति भङ्ग गर्नेजस्ता निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...

निर्वाचन प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन  निर्देशन

निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको...

काठमाडौं  -  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताए ।

...
निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व हो : प्रधानमन्त्री देउवा