जनकपुरधाम - नेपाली काँग्रेसका नेता शेखर कोइरालाले काँग्रेसले पाँच दलको बीचमा गठबन्धन गर्दा एक सय सिटभन्दा कममा गठबन्धन गर्न नहुने बताएका छन् ।
काँग्रेसका नेता कोइरालाले आज जनकपुर विमान स्थलमा पत्रकारहरूसँग कुरा गर्दै काँग्रेसमा वडा तहदेखि निर्वाचित भएका नेताहरूको सङ्ख्या ठूलो भएकाले पार्टीको नेता व्यवस्थापनका लागि प्रतिनिधिसभामा एक सय सिटभन्दा कममा पाँच दलका बीचमा गठबन्धन गरेको खण्डमा पार्टीभित्र विद्रोह हुने अवस्था भएको बताए ।
उनले नेपाली काँग्रेसको केन्द्रीय समितिले पाँच दलको बीचमा गठबन्धन गर्ने निर्णय गरिसकेकाले गठबन्धन हुनेमा आशङ्का नभए पनि काँग्रेस देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक शक्ति भएकाले दलका नेताहरूले कम सिटमा सहमति गर्न नहुने बताए । नेता कोइरालाले जीतको सुनिश्चितता भएको ठाउँमा मात्र गठबन्धन दलका बीचमा सहमति हुनु पर्ने धारणा राख्दै गठबन्धन दलका बीचमा भएको सहमति अनुसार अगामी सरकार नेपाली काँग्रेसको नेतृत्वमा बन्ने बताए ।
एक प्रश्नको जवाफमा नेता कोइरालाले कुनै दललाई काँग्रेसले ठूलो पार्टीलाई बनाई दिनुपर्ने बाध्यता नभएको बताउँदै पार्टीले गठबन्धन गर्दा पार्टी हितलाई सर्वोपरि राख्नु पर्ने बताए। उनले जिल्ला जिल्लाको भ्रमण गर्दा गठबन्धन काँग्रेसले गर्न नहुने आवाज पनि उठेको बताए ।
जनकपुर विमानस्थलमा नेता कोइरालालाई स्वागत गर्नका लागि नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार, नेता रामकृष्ण यादव र नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल सहितका नेताहरू उपस्थित रहेको थियो ।
नेपाल प्रेस युनियनको भोलिदेखि जनकपुरधाममा हुन लागेको केन्द्रीय समितिको बैठकको उद्घाटन गर्नका लिनका लागि नेता कोइराला आज जनकपुरधाम आएका हुन् ।
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।उनले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमामा अवस्थित क्षेत्र नं ‘क’ केन्द्रमा...
काठमाडौं - नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६ कार्यालयस्थित धापासी बुथमा मतदान गरेका छन्...
काठमाडौं - निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि वा भोजभतेर गरेको वा शान्ति भङ्ग गर्नेजस्ता निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...
काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताए ।
...
प्रतिक्रिया