०८ वैशाख, २०८१
    {
लुम्बिनी प्रदेश / शिक्षा/स्वास्थ्य / समाचार

डायलायसिस मेसिन आयो तर जडान भएन

  • पुलेसो
  • २०७९ साउन २८ शनिबार
डायलायसिस मेसिन आयो तर जडान भएन

तुलसीपुर -स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ डायलायसिस मेसिन दाङ पठायो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन दाङ आइसकेका छन् । साउन १३ गते डायलायसिस मेसिन आएकोमा जडानको काम अगाडि बढेको छैन । जडान गर्न प्राविधिक नआएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डायलायसिस प्रमुख लीना बडेलले बताए ।

मेसिन आएपनि अन्य सामग्री नआएको उनले बताए ।  रगत सफा गर्ने उपकरण आउनुपर्ने उनको भनाइ थियो । “मेसिन त आए, तर अन्य सामग्री आउनुपर्छ”, उनले भने, “प्राविधिक आउनुपर्छ, प्राविधिक नआउँदासम्म जडानको काम अघि बढ्दैन ।”अहिले राप्ती प्रादेशिक अस्पतालमा पाँच डायलायसिस मेसिन छन् जसबाट २३ जनाले सेवा लिइरहेका छन् । थप आठ मेसिन जडान भएमा ६० जनासम्म बिरामीले सेवा पाउने उनले बताए । 

 

त्यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच मेसिन छन् । पाँच मेसिनबाट अहिलेसम्म २५ बिरामीले सेवा लिइरहेकामा १० मेसिन थपिएसँगै यस क्षेत्रका धेरै बिरामीले सेवा पाउने सूचना अधिकारी निशानदाजु भट्टराईले बताए । उनका अनुसार अहिले दुई चरणमा मात्रै सेवा दिने गरिएको छ । अब भने चौबीसै घण्टा सेवा दिन सकिन्छ । अहिले करिब ४० बिरामी उपचारको प्रतिक्षामा छन् । उनीहरुलाई पनि सेवा दिन सकिन्छ । लमही रोटरी क्लबको पहलमा डायलायसिस सेन्टर सञ्चालनमा छ । त्यहाँ अहिले ३० बिरामीले सेवा लिइरहेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

प्रतिव्यत्ति ७३ हजार २३५ रुपैयाँ ऋण

काठमाडौं - नेपाल सरकारको ऋण २१ खर्ब ७३ अर्ब रुपैयाँ माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ११ महिनामा नेपाल...

प्रतिव्यत्ति ७३ हजार २३५ रुपैयाँ ऋण

कञ्चनपुरमा परेन पानी सुरु भएन रोपाइँ

कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३  पिपलाडीका चेतराज चौधरीले गत वर्ष यस समयमा रोपाइँ सुरु गरिसकेको थियो । रोपाइँमा व्यस्त हुने यस समयमा अहिले उनी फुर्सदिला छन् ।वर्षा नहुँदा...

कञ्चनपुरमा परेन पानी सुरु भएन रोपाइँ