१४ असोज, २०७९
    {
घुमफिर / विजनेस / समाचार

 तंग्रिदै नेपालको पर्वतिय पर्यटन, पेशाबाट पलाएन हुदै पर्यटन मजदुर

  • पुलेसो
  • २०७९ साउन २६ बिहीबार
 तंग्रिदै नेपालको पर्वतिय पर्यटन, पेशाबाट पलाएन हुदै पर्यटन मजदुर

 
केशर श्रेष्ठ
काठमाण्डौ -   वार्षिक मौसमी चक्रसँगै चल्ने नेपालको पर्यटन वर्षायामको माध्यम हुदै गर्दा बिस्तारै उठ्ने प्रयत्न गर्दैछ । नजिकिदै  गरेको अटम सिजनका लागि विदेशी पर्यटक नेपाल भित्र्याउने तयारिमा पर्यटन व्यवसायीहरु कोरोना भाइरस (कोभिड १९)का कारण पर्यटकिय क्षेत्र अस्तव्यस्त बनेको थियो ।

महामारिको कारण देशको दोस्रो सबभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्र लगभग धराशायी अवस्थामा पुग्यो । कोभिड संक्रमण दर घट्नथालेपछि विदेशी पर्यटनको चहलपहल अहिले बढ्न थालेको छ । सन् २०१९ सालदेखि थलिएको नेपालको पर्यटन क्षेत्र गत वर्षदेखि बिस्तारै उठ्न थालेको हो ।

गत वर्ष केही बढेको नेपालको पर्यटन अहिले वर्षा मौसमका कारण केही सुस्ताएको देखिन्छ । नेपालमा मौसमका कारण स्प्रिङ सिजन र अटम सिजनमा बढी पर्यटक भित्रिने गर्छन ।  अन्य सिजनमा भने कम पर्यटन नेपाल भित्रने गरेको पर्यटन बोर्डको तथ्यांकले देखाउँछ । हिउद महिनामा बढी चिसो हुने र हिम पहिरोको जोखिम हुने भएकोले पर्यटकको संख्यामा कमी आउने गरेको हो ।

यस्तै वर्षा याममा बढी पानी पर्ने तथा बाढी पहिरोको जोखिम भएकोले पर्यटकको संख्यामा कमी आउने गरेको छ ।  यद्यपि बर्षा याममा पनि केहि पर्यटक भने भित्रिरहेका हुन्छन् । वर्षा याममा नेपाल भित्रिने पर्यटकहरुको संख्या कम हुने गरेको अध्यागमन विभागको तथ्याङकले देखाउँछ । वर्षा याममा हिमालको दक्षिणी भागतर्फ अत्याधिमक पानी पर्ने भएर पर्यटकको संख्यमा कमी आउने भएतापनि मनाङ, मुस्ताङ, डोल्पा लगायत हिमाल परिको पर्यटकीय क्षेत्रमा भने पर्यटक आगमन कमी दखिदैन ।
तुलनात्मक रुपमा यस सिजनमा पर्यटकहरु नेपालमा कम आउने गरेको छन्  ।

प्रचार प्रसारको कमीले नेपालमा भ्रमण गर्न आउन चाहाने पर्यटकलाई यस क्षेत्रको बारेमा प्रश्स्त जानकारी पुर्याउन नसक्दा नेपालको वर्षायाममा भित्रिन सक्ने लाखौँ पर्यटक हिमालपारिको क्षेत्रमा भित्रिन सकेको छैन । हिउँदमा हिमाली क्षेत्रमा अत्ति चिसो हुने हुँदा पर्वतारोहण गर्ने पर्यटकहरुको संख्यामा न्युन नै हुन्छन् । नेपालको पहाडी तथा हिमालि भागमा बाहृै महिना पदयात्रा ट्रेकिङ गर्न सकिन्छ ।

हिउँद महिनामा हिमाली भेगको उच्च क्षेत्रमा जान नसके पनि पहाडी क्षेत्र जस्तैः सोलुखुम्बुको  पिकपिक, इलामको चियाबारी, घोडेपानी मोहोरे डाँडा, सिराइचलि लगायत थुप्रै पहाडी क्षेत्रहरुमा पर्यटक आमन्त्रण गर्न सकिन्छ । यी पर्यटकीय क्षेत्रहरुमा हाल केहि पर्यटक पुगे पनि अपेक्षित रुपमा पुग्न सकेको छैन अपेक्षाकृत पर्यटक आगमन नहुँदा राम्राहोटेल बनाउन नसकेको चितवन सिराइचुली क्षेत्रका पर्यटन व्यवसायीहरु बताउँछन् । तर, सरकारले यस क्षेत्रको व्यावस्थापनमा ध्यान दिन सकेको छैन । एकजना पर्यटकले धेरै क्षेत्रलाई रोजगारि सिर्जना गरेको हुन्छ ।

 

नेपाल घुम्न पर्यटनहरु आउँदा विमान स्थलका कर्मचारी र आन्तरिक यातायात व्यवस्थापनका कामदार, ट्रेकिङ कम्पनि, सरकार, गाइड, भरिया, किसान, होटल आदि धेरै क्षेत्रलाई प्रत्यक्ष अप्रत्यक्ष लाभ पु–याइ रहेको हुन्छ । यस्तो वृहत क्षेत्रको स्तरोन्ती तथा उचित व्यवस्थानमा सरकारको ध्यान नपुग्नु विडम्बना हो । कोरोना महामारीको मारबाट बिस्तारै उठ्ने जमर्को गर्दै गरेको पर्यटन क्षेत्रमा हाल दक्ष जनशक्तिको अभाव हुन थालेको छ ।

यस क्षेत्रको कामदारहरुलाई लामो समयसम्म सरकारले कुनै राहात वैकल्पिक व्यवस्था नगर्दा यस क्षेत्रको कामदारलाई रोजिरोटिकै लागि विदेश पलायन हुने वा अन्य पेसा व्यवसायमा पलायन हुनुपर्दा पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको अभाव भएको हो ।नेपालि पर्यटन क्षेत्रका अधिकांस मजदुरहरु वर्षको लगभग चार महिना काम गरेर वर्ष गुर्जाने गरेका छन् । वर्षायाम र हिउद महिनामा पर्यटक संख्या कमी हुँदा अधिकांस पर्यटन मजदुरहरु कामविहीन बन्दछन् ।यसै पनि वर्षमा थोरै समय काम गरेर वर्ष भरि जीवन चलाउनु पर्ने कामदारहरु कोरोना माहामारीले वषौँ सम्म पर्यटक थप्प हुँदा झनै मारमा परेका छन् ।

कोरोना महामारीको असर कम हुदैँ जादा पर्यटकको संख्या बढ्दै गए तापनि धेरै मजदुरहरुलाई यसै पेसा बाट जीवन गुजारा हुने र जीवनयापनमा सहयोग पुग्ने कुरामा ढुक्क हुुन सकेनन् ।यकिन तथ्यांक नभए पनि पर्यटन क्षेत्रका दक्ष कामदारहरु यस पेसाबाट नै पलायन भएको आँकलन सहजै गर्न सकिन्छ । जीवन गुजाराको लागि पर्यटन मजदुरि पेसा भरपर्दो नभएपछि पेसा नै परिवर्तन गरेर कुखुरापालन तर्फ लागेको पूर्व मजदुर अर्जुन राइले बताए ।

नेपाल भ्रमणमा आउने पर्यटन संख्यामा उत्तारचडाव हुदा सबै पर्यटन मजदुरहरुले वर्ष भरि काम पाउँदैनन् । त्यसमाथि आपतको समयमा राहात सम्म पाईदैन, यो पेसा असुुरक्षित ठानी अर्को पेसामा लागेको उनले बताए । पर्यटन क्षेत्रमा विभिन्न समयमा पर्यटक हराएको, घाइते भएको वा ज्यानै पनि गएको समचारहरु आइरहेको परिपेक्ष्यमा अझ अदक्ष कामदार क्षेत्रबाट पलायन हुनु र पर्यटन क्षेत्रमा दक्ष कामदारहरु नहुनु पर्यटकको सुरक्षामाथि नै प्रश्न चिन्ह खडा भएको छ ।

अनौपचारिक मजदुरको रुपमा कार्यरत पर्यटन मजदुरहरको संरक्षण सरकार सरोकारवालाहरुले समयमा ध्यान नदिए  नेपालको पर्वतिय पर्यटन नै अस्तव्यस्त नहोला भन्न सकिँदैन ।  

प्रतिक्रिया

छुटाउनुभयो कि?

आजदेखि पूर्वीनाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’

झापा   -  मेची भन्सार कार्यालयले सोमबारदेखि पूर्वीनाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको छ ।

...
आजदेखि पूर्वीनाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’

अगामी निर्वाचनमा मधेश प्रदेशमा २३ हजार...

काठमाडौं  -  मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षा प्रयोजनार्थ मधेश प्रदेशमा साढे २३ हजार बढी म्यादी प्रहरी खटाइने भएको छ ।

मधेश प्रदेशका...

अगामी निर्वाचनमा मधेश प्रदेशमा २३ हजार म्यादी प्रहरी खटाइँदै

चन्द्रागिरि नगरपालिकाद्वारा डेङ्गु रोगको निःशुल्क परीक्षण...

काठमाडौँ  -  चन्द्रागिरि नगरपालिकाले आफ्ना नगरवासीका लागि प्राथमिक अस्पताल थानकोटबाट  डेङ्गु रोगको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइको छ । चनपा–४ स्थित सो अस्पतालबाट अहिले दैनिक सो रोगको निःशुल्क...

चन्द्रागिरि नगरपालिकाद्वारा डेङ्गु रोगको निःशुल्क परीक्षण  गोरखापत्र ताजा, स्वास्थ्य

गोरखा दरबारको दशैँघरमा विधिपूर्वक जमरा राखियो

गोरखा  -  गोरखाको कालिका मन्दिरमा रहेको दशैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ ।

बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा दशैँघरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह...

गोरखा दरबारको दशैँघरमा विधिपूर्वक जमरा राखियो