काठमाडौँ - कोरियन एयरको उडानद्वारा काठमाण्डौबाट कोरिया जान लागेका यात्रु कोरियन नागरिक राहदानी नम्बर एम ८२६२०३६१ वाहक ५५ वर्षीय जङ जून जनलाई कस्तुरीको विना जस्तो देखिने धुलो पदार्थ सहित प्रहरीले पक्राउ गरेको छ ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा निजले लगाएको दुवै जुत्ता भित्र सेतो रंगको प्लास्टिक र टेपले बेरिएको कस्तुरीको विना जस्तो देखिने धुलो सहितको पोका थान-२ (प्रत्येक जुत्तामा १/१ पोकाको दरले)को अन्दाजी तौल ७१६ ग्राम(प्लास्टिक सहित)लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौंमा पठाइएको छ ।
काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख एवं वातावरणविज्ञ प्रकाश अमात्य सरसफाइ व्यवस्थापनका लागि तीन तहका...
साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।
आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको...
काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई ‘महाअभियोग सिफारिस समिति’ मा पठाउने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
बैठकले प्रतिनिधिसभा...
चितवन - जिल्लामा रहेका पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा यहाँ स्थायी बसोबास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको...
प्रतिक्रिया