२४ साउन, २०७९
    {

चट्याङले ४ जनाको मृत्यु

  • पुलेसो
  • २०७९ असार १४ मंगलबार
चट्याङले ४ जनाको मृत्यु

चट्याङले ४ जनाको मृत्यु
असार १४ , महेन्द्रनग
कैलाली र कञ्चनपुरमा गरी चट्याङले चार जनाको मृत्यु भएको छ। छुट्टाछुट्टै ठाउँमा खेतमा काम गरिरहेको अवस्थामा चट्याङले लागेर दुई पुरुष र दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय (त्रिभुवनबस्ती) का अनुसार कञ्चनपुको पुनर्वास नगरपालिका –६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठ र वडा नम्बर ८ ‘क’ गाउँकी २५ वर्षीय शारदा थापाको चट्याङ लागेर मृत्यु भएको छ। 

खेतमा काम गरिरहेका बेला चट्याङले लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरीले जनाएको छ । यस्तै कृष्णपुर नगरपालिका–५ का ४८ वर्षीय पुनाराम चौधरीको पनि चट्याङले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। कैलालीको गोदावरी नगरपालिका–३ मालाखेती रेडियन्ट ग्याँस कम्पनीको जमिनमा रोपाइ गरिरहेकी चौधरीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार कैलालीको कैलारी गाउँपालिका–१ रानामुराकी ५६ वर्षीय सुगपंखीदेवी चौधरीको चट्याङले लागेर मृत्यु भएको छ। घरनजिकै खेतमा रोपाइँ गर्ने क्रममा चट्याङले लागेर घाइते भएकी चौधरीको उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

Pageutter
HARBOUR
Pageutter
Pageutter
Pageutter
Pageutter

छुटाउनुभयो कि?

फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो...

काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख एवं वातावरणविज्ञ प्रकाश अमात्य सरसफाइ व्यवस्थापनका लागि तीन तहका...

फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व : वातावरणविज्ञ अमात्य

महाअभियोगको प्रस्ताव सिफारिस समितिमा पठाउने प्रस्ताव...

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई ‘महाअभियोग सिफारिस समिति’ मा पठाउने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

बैठकले प्रतिनिधिसभा...

महाअभियोगको प्रस्ताव सिफारिस समितिमा पठाउने प्रस्ताव बहुमतले स्वीकृत

पाँच जनाले गरे नेपाली नागरिकता परित्याग

चितवन -  जिल्लामा रहेका पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा यहाँ स्थायी बसोबास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको...

पाँच जनाले गरे नेपाली नागरिकता परित्याग

शिवालयमा भक्तजनको भीड

साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा  भक्तजनको भीड लागेको छ ।

आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको...

शिवालयमा भक्तजनको भीड