२४ साउन, २०७९
    {
समाज / शिक्षा/स्वास्थ्य

 सगरमाथाको सफल आरोहण गरेकी पहिलो नेपाली चिकित्सक डा. प्रिति भुषालद्वारा मनास्लु हिमाल र आमा दब्लम हिमाल चढ्ने घोषणा

  • पुलेसो
  • २०७९ असार १३ सोमबार
 सगरमाथाको सफल आरोहण गरेकी पहिलो नेपाली चिकित्सक डा. प्रिति भुषालद्वारा मनास्लु हिमाल र आमा दब्लम हिमाल चढ्ने घोषणा

काठमाडौं - नेपाली महिला चिकित्सकको रुपमा गत बैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी डा. प्रिती भुषालले आगामी अक्टोबर/नोभेम्बरमा मनास्लु र आमा दब्लम हिमाल चढ्ने भएकी छिन् ।

सगरमाथाको सफल आरोहण गर्ने भुषाल पहिलो नेपाली महिला चिकित्सक हुन् ।  डाक्टरी पेशा र हिमाल आरोहणलाई सँगसँगै लिएर जाने उनको भनाई छ ।आज  पत्रकार सम्मेलन गर्दै भुषालले हाई अल्टिच्युड मेडिसिन फिजिसियन (उच्च उचाई चिकित्सक) स्पोर्टस मेडिसिन बन्ने आफ्नो इच्छा जाहेर गरिन् ।

उनले भनिन्,‘आगामी २०२२ अक्टोबर, नोभेम्बरमा मनास्लु हिमाल र आमा दब्लम शिखर चढ्ने मैले योजना बनाएको छु  र, आगामी दिनमा हिमाल आरोहणमा रुची राख्ने तर यो विषयमा कुनै जानकारी नभएका स्वदेशी तथा विदेशी पर्वतारोहीको सहयोगको लागि बाँसबारीमा हिमालयन सेपर्ड इको टुरिजम प्राइभेट लिमिटेडमार्फत काम गर्ने योजना बनाएको बताईन् । पत्रकार सम्मेलनको दौरान उनले ‘स्टप पोलुटिङ हिमालयज’ लेखिएको ब्यानरसमेत सार्वजनिक गरेकी थिईन् । 

 

डा. भुषालले आफ्नो सगरमाथा आरोहणलाई सफल बनाउन आर्थिक सहयोग गर्ने परिवारजन, आफन्त, इस्टमित्र, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, विश्व स्वास्थ्य संगठन, केजीएच होटेल एण्ड रिसोर्टलाई बिशेष धन्यवाद दिइन् । उनले सगरमाथा आरोहणको अनुभव सुनाउँदै ८ हजार भन्दा अग्ला हिमाल चढ्ने हो भने शेर्पा दाजुभाइ दिदी/बहिनीहरुको सहयोग र राम्रो एक्सपिडिसन टिम बिना असम्भव रहेको पनि स्पष्ट पारिन् । 

डा.भुषालले बाल्यकालदेखिनै  डाँडाकाँडा उक्लने, पौडी खेल्ने लगायतमा आफू सक्रिय हुँदै आएको स्मरण गराईन् । उनले मुख्यतयः कोभिड–१९ को लडाईविरुद्ध अग्रपँक्तिमा रहने चिकित्सक, फर्मासिस्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्तालगायतको योगदानको उच्च सम्मान गर्दै सगरमाथा आरोहण गरेको बताईन् ।

उनले गत बैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन् । काठमाडौंमै जन्मिएकी प्रितीको बुवाको जन्मथलो भने अर्घाखाँची हो । 

प्रतिक्रिया

छुटाउनुभयो कि?

फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो...

काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख एवं वातावरणविज्ञ प्रकाश अमात्य सरसफाइ व्यवस्थापनका लागि तीन तहका...

फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व : वातावरणविज्ञ अमात्य

शिवालयमा भक्तजनको भीड

साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा  भक्तजनको भीड लागेको छ ।

आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको...

शिवालयमा भक्तजनको भीड

महाअभियोगको प्रस्ताव सिफारिस समितिमा पठाउने प्रस्ताव...

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई ‘महाअभियोग सिफारिस समिति’ मा पठाउने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

बैठकले प्रतिनिधिसभा...

महाअभियोगको प्रस्ताव सिफारिस समितिमा पठाउने प्रस्ताव बहुमतले स्वीकृत

पाँच जनाले गरे नेपाली नागरिकता परित्याग

चितवन -  जिल्लामा रहेका पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा यहाँ स्थायी बसोबास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको...

पाँच जनाले गरे नेपाली नागरिकता परित्याग