२४ साउन, २०७९
    {
प्रविधि

लक्ष्य अनुसारको सडक सम्पन्न हुन सकेन : मन्त्री यादव

  • पुलेसो
  • २०७९ असार १३ सोमबार
लक्ष्य अनुसारको सडक सम्पन्न हुन सकेन :   मन्त्री यादव

काठमाडौं  - भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकमारी यादवले निर्माण व्यवसायीको ‘कन्स्ट्रक्सन होलिडे’ र कोभिड सङ्क्रमणलगायत कारणले लक्ष्यअनुसारको सडक निर्माण नहुने देखिएको बताईन्  ।

सोमबारको राष्ट्रियसभा बैठकमा विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै यातायात मन्त्री यादवले सबै किसिमका सडक र पुल निर्माण लक्ष्यभन्दा कम निर्माण हुने देखिएको बताईन्।मन्त्री यादवले चालु आवमा एक हजार ८०० किमी सडक निर्माण गर्ने लक्ष्य लिइएकामा ६०० किमी मात्र सम्पन्न भएको जानकारी दिईन् ।

ग्राभेल सडक ८०० किमी निमार्ण गर्ने लक्ष्य लिइएकामा २९२ किमी र ३५० किमी कच्ची सडक निर्माणको लक्ष्य लिइएकामा १६५ किमी निर्माण भएको उल्लेख गर्दै उनले भनिन्, “लक्ष्यभन्दा कम प्रगति छ तर सन्तोषजनक छैन ।”चालु आवमा ३०० वटा पुल निर्माण गर्ने लक्ष्य लिइएकामा १०१ वटा निर्माण भइसकेको र १०० वटा निर्माण  हुने क्रममा रहेको मन्त्री यादवले बताईन् ।

नीति तथा कार्यक्रमको मर्मअनुसार नै कार्यक्रम ल्याउन प्रयास गरिएको उनको भनाइ थियो ।विगत वर्षभन्दा काठमाडौं तराई द्रुतमार्गमा धेरै बजेट छुट्याइएको मन्त्री यादवले बताईन् । यो आयोजनाको जिम्मेवारी लिएपछि सेनाले कसरी समयमै गर्छ भनी सबैले हेरिरहेको उनले उल्लेख गरिन् ।

राष्ट्रिय गौरवका आयोजना र प्राथमिकता प्राप्त आयोजनालाई प्राथमिकता दिइएको, महाकालीमा दोधारा–चाँदनी पुल अन्तिम चरणमा पुगेको, नागढुङ्गा सुरुङमार्ग निर्माण अघि बढेसँगै नेपाल सुरुङमार्गको युगमा प्रवेश गरेको र गत आवसम्म १४ प्रतिशत प्रगति रहेकामा हाल ५४ प्रतिशत प्रगति पुगेको मन्त्री यादवले बताईन् ।

 

सिद्धबाबा सुरुङ डिजाइनको क्रममा रहेको र काठमाडौं उपत्यकाको जाम घटाउन पहिलो चरणमा ग्वार्खोमा ठेक्का सम्झौता भएर डिजाइनको क्रममा पुगेको उनले बताईन् । पैँतिस किमी लामोे जयनगर–कुर्था रेलमार्ग सञ्चालनमा आइसकेको छ भन्दै मन्त्री यादवले १०÷१५ किमीभन्दा लामो सडक सङ्घमा राख्नुपर्ने मान्यता रहेको बताईन् ।

प्रदेशमा जनशक्ति कम भएकाले पनि हस्तान्तरण भएका आयोजना अलपत्र पर्नसक्ने देखिएको उनले बताईन् । समयमा काम नगर्ने निर्माण कम्पनीलाई कारवाही गर्न चाहे पनि अदालतको रोकावटका कारण गर्न नसकिएको मन्त्री यादवको भनाइ थियो । आफूले १२/१५ योजनाका ठेकेदारलाई  कालोसूचीमा राखे पनि अदालतको अन्तरिम आदेशका कारण अघि बढ्न नसकेको उनले उल्लेख गरिन् ।

पुल निर्माणले एक गाउँ अर्को गाउँसँग र एउटा जिल्ला अर्को जिल्लासँग जोड्ने चर्चा गर्दै मन्त्री यादवले बजेट विनियोजन गर्दा कुनैकुनै क्षेत्र छुट्न पुगे पनि कुनै पनि जिल्ला नछुटेको बताईन् । पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिका लागि पर्याप्त रकम छुट्याइएको, केही साना तथा महत्वपूर्ण योजनामा बजेट प्रस्ताव गरिएको, राष्ट्रिय र स्थानीय पुल धेरै आवश्यक भए पनि नयाँ योजनामा हाल्ने मात्रै नभएर विगतका योजना पूरा गर्न बजेट छुट्याइएको छ भन्दै उनले एउटै जिल्लामा १०० पुल आवश्यक भए पनि राम्रो तयारी नगरी बजेट छुट्याउनु नहुनेमा जोड दिईन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो...

काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख एवं वातावरणविज्ञ प्रकाश अमात्य सरसफाइ व्यवस्थापनका लागि तीन तहका...

फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व : वातावरणविज्ञ अमात्य

शिवालयमा भक्तजनको भीड

साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा  भक्तजनको भीड लागेको छ ।

आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको...

शिवालयमा भक्तजनको भीड

महाअभियोगको प्रस्ताव सिफारिस समितिमा पठाउने प्रस्ताव...

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई ‘महाअभियोग सिफारिस समिति’ मा पठाउने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

बैठकले प्रतिनिधिसभा...

महाअभियोगको प्रस्ताव सिफारिस समितिमा पठाउने प्रस्ताव बहुमतले स्वीकृत

पाँच जनाले गरे नेपाली नागरिकता परित्याग

चितवन -  जिल्लामा रहेका पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा यहाँ स्थायी बसोबास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको...

पाँच जनाले गरे नेपाली नागरिकता परित्याग