काठमाडौं - देशभरका ६८१ पुस्तकालय बन्द भएको पाइएको छ । वि.स.१९७४ देखि हालसम्म खुलेका ९२८ पुस्तकालयमध्ये राम्रोसँग सञ्चालन भइरहेका पुस्तकालयको संख्या जम्मा २२७ मात्रै रहेका छन् ।
रिड नेपाल र शान्ति भोलुन्टियर एसोसिएसनको सहकार्यमा शिक्षा मन्त्रालयले गरेको सर्भेले यस्तो देखाएको छ । सर्भेको विस्तृत रिपोर्ट आगामीअसार १५ र १६ गते हुने सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरुको दोस्रो राष्ट्रिय सम्मेलनमा सार्वजनिक गरिने शिक्षा मन्त्रालयका उपसचिव यादवचन्द्र निरौलाले जानकारी दिए । उनले देशभरका पुस्तकालयहरुलाई ६० बढी प्रश्नहरु सोधेर सर्भे गरिएको जानकारी दिए ।
दोस्रो राष्ट्रिय सम्मेलन बारे जानकारी दिनआयोजित पत्रकार सम्मेलनमा उपसचिव निरौलालले हाल नेपालमा पूर्ण सरकारी अनुदानमा चलेका सार्वजनिक पुस्तकालयहरु नगन्य रहे पनि सरकारले ७५३ वटै स्थानीय तहमा सार्वजनिक पुस्तकालय खोल्ने तयारी गरिरहेको जानकारी दिए । निरौलाका अनुसार सरकारले ९८ पुस्तकालयलाई १ देखि १० लाख अनुदान दिएको छ ।
यस्तै पत्रकार सम्मेलनमा बोल्दै रिड नेपालका भोलाकुमार श्रेष्ठले नेपालमा स्थायी स्रोत बिनै लहैलहैमा पुस्तकालय खोलिनाले धेरै पुस्तकालयहरु लामो समय सञ्चालन हुन नसकेको बताए । रिड नेपालले हाल नेपालका ४३ जिल्लाका ६९ ठाउँमा पुस्तकालयहरु सञ्चालन गरेको साथै, ती सबै दिगो विकासका कार्यक्रमसँग जोडिएकाले निर्वाध सञ्चालन भइरहेका श्रेष्ठले स्पष्ट पारे ।
रिड नेपालले सञ्चालन गरेका पुस्तकालय समुदाय र दिगो विकास सँग जोडियो ।’ श्रेष्ठले भने, ‘हामीले दिगो विकासका लागि हरेकलाई १० लाख बिउ पूँजी दियौं’ । समुदायमा आधारित भएर सञ्चालन गर्दा पुस्तकालयलाई निरन्तरता दिन सहज हुने गरेको उनले अनुभव सुनाए । रिड नेपालका पुस्तकालयले बालक, युवा र वृद्ध सबैलाई जोड्ने काम गरेको श्रेष्ठको भनाइ थियो ।
यस्तै, शान्तिभोलुन्टियर एसोसिएसनका विनोद गुरुङले सरकारले सार्वजनिक पुस्तकालयको संख्या बढाउनु पर्नेमा जोड दिए । पुस्तकालय सर्वसाधरण जनताको विश्वविद्यालय भएको भन्दै हरेक स्थानीय तहमा पुस्तकालय खोलिनु पर्ने उनको भनाइ थियो ।
रिड नेपालका चिजकुमार श्रेष्ठले सरकारले अनुदानले चलेका पुस्तकालयहरु दिगो विकासका योजना र समुदायको स्वामित्व नहुँदा भटाभट बन्द भइरहे पनि रिड नेपालले ३१ वर्ष अघि देखि शुरु गरेका पुस्तकालयहरु अझैसम्म मज्जाले सञ्चालन भइरहेका बताए ।
काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख एवं वातावरणविज्ञ प्रकाश अमात्य सरसफाइ व्यवस्थापनका लागि तीन तहका...
काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई ‘महाअभियोग सिफारिस समिति’ मा पठाउने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
बैठकले प्रतिनिधिसभा...
चितवन - जिल्लामा रहेका पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा यहाँ स्थायी बसोबास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको...
साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।
आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको...
प्रतिक्रिया