काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले देशको भाषा, साहित्य एवम् संस्कृतको प्रवर्द्धनमा प्रज्ञा प्रतिष्ठानले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।
प्रतिष्ठानको ६५ औं वार्षिकोत्सबको अवसरमा बिहीबार आयोजित राष्ट्रिय कविता महोत्सवमा उनले सो कुरा बताएको हो ।प्रतिष्ठानले छ दशक लामो समयमा ज्ञान, विज्ञान, भाषा एवम् सांस्कृतिक क्षेत्रको महत्त्वलाई स्वदेशमा मात्र होइन, बाहिर चिनाउन अग्रणी संस्थाको रुपमा काम गर्दै आएको छ । उनले भने हाम्रो कला, संस्कृति प्रवर्द्धनका लागि छुट्टै कानुनी व्यवस्थामार्फत प्रतिष्ठान स्थापना भएको हो ।
प्रधानमन्त्री देउवाले २०६२/६३ सालको राजनीतिक परिवर्तनपछि नयाँ रुपान्तरण आएको उल्लेख गर्दै विभिन्न भाषा, साहित्य, दर्शन र समाजशास्त्रको संरक्षणमा पनि प्रतिष्ठानले योगदान पुर्याउँदै आएको बताए ।उनले भने ,नयाँ रुपान्तरणसँगै बहुजातीय, बहुभाषिक सम्बोधन गर्नेगरी कृतिहरु, प्रचलित भाषा, साहित्य, संस्कृति र भूगोल तिनीहरुको एकता बढाउन सिर्जनशील कार्यक्रम प्रज्ञा प्रतिष्ठानले गर्दै आएको छ ।
देशका सबै समुदायको भाषा एवम् सांस्कृतिक दर्शनको प्रवर्द्धनमा योगदान पुर्याउन जोड दिदै उनले काठमाडौंको मैतीदेवीमा महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय निर्माणका विषयमा खुसी प्रकट गरे।नेपाली बृहत् शब्दकोष डिजिटल प्रणाली र एप निर्माण र सञ्चालनको कार्य सकारात्मक रहेको पनि उनको भनाइ छ ।
प्रतिष्ठानको यसखाले कार्यमा नेपाल सरकारले सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाउदै प्रधानमन्त्री देउवाले महोत्सवमा सम्मानित एवम् सबैमा बधाई एवम् शुभकामना व्यक्त गरे।
जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा रहेका तीन मन्त्रीलाई फिर्ता बोलाएको छ ।
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको ओन्टारियो क्लबविरुद्धको अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।
आइतबार राति भएको टी-२० खेलमा नेपालले ओन्टारियोलाई ५५ रनले...
मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ ।
बैतडी - पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।
राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग...
प्रतिक्रिया