२० असार, २०७९
    {
राजनीति / समाज

बैतडीको मेलौली नगरपालिकामा अत्यावश्यक बाँहेकका सेवा बन्द

  • पुलेसो
  • २०७९ असार ०९ बिहीबार
बैतडीको मेलौली नगरपालिकामा अत्यावश्यक बाँहेकका सेवा बन्द

बैतडीको मेलौली नगरपालिकाले अत्यावश्यक बाँहेकका सेवा बन्द गरेको छ । असार १० गते नगरसभाको बैठक बस्ने जनाउदै नगरपालिकाले १० गते सम्मका लागि अत्यावश्यक बाँहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

बुधबार एक सूचनाजारी गर्दै नगरपालिकाले असार १० गते नगर कार्यपालिकाको नगरसभा बस्ने र सो दिन सम्मका लागि सेवा बन्द गरिएको जनाकारी गराएको हो । असार १० गते नगर सभा बस्ने र सोको तयारीका लागि कर्मचारीहरु तयारीमा खटिने भएकाले ८ गते बुधबार देखि कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाँहेकका सम्पूर्ण सेवा १० गते सम्मका लागि बन्द गर्नुे परेको सूचनाअधिकारी सपना कार्कीले जानकारी दिइन् ।

कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाँहेकका सम्पूर्ण सेवा १० गते सम्मका लागि बन्द गरिएको व्योहरा जानकारी गराइन्छ प्रमुख प्रशासकिय अधिकृत जगदिश प्रशाद जोशीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । सगुन खबर बाट सभार

प्रतिक्रिया

छुटाउनुभयो कि?

टी-२० अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं -  नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको ओन्टारियो क्लबविरुद्धको अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।  

आइतबार राति भएको टी-२० खेलमा नेपालले ओन्टारियोलाई ५५ रनले...

टी-२० अभ्यास खेलमा नेपाल विजयी

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुर - मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।

मधेस प्रदेशसभाको बैठक आज दिउँसो...

मधेस प्रदेशसभा बैठक बस्दै

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम...

 

मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ ।

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु

दशरथचन्द राजमार्ग सञ्चालनमा

बैतडी - पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।

राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग...

दशरथचन्द राजमार्ग सञ्चालनमा