काठमाडौं- नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपालले मन्त्रिमण्डल हेरफेर गर्न बाटो खुला गरिदिन गरेको निर्देशनको २ मन्त्रीले अस्वीकार गरेका छन् ।
हालको सरकारमा ५ मन्त्री छन् । जसमा पर्यटनमन्त्री प्रेमबहादुर आले र शहरी विकाशमन्त्री रामकुमारी झाँक्रीले अध्यक्ष नेपालको निर्देशन अस्वीकार गरेका हुन् ।
स्रोतका अनुसार अध्यक्ष नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर निवास फर्किए । त्यसपछि उनले पार्टीका तर्फबाट बनेका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति दिएका थिए । त्यसका खासगरी मन्त्री आले र झाँक्रीले असहमति जनाएको बुझिएको छ ।
सरकारबाट फिर्ता आउन अध्यक्ष नेपालले दिएको निर्देशनपछि झाँक्रीले आफूहरु हट्नु पर्ने कुनै कारण नभएको प्रतिकृया दिएकी थिइन् । उनले राम्रै काम गरिरहेका गरिरहेको दावी गर्दै आफू सक्षम मन्त्री भएको र हट्नुपर्ने कारण नभएको बताएकी थिइन् । उनले नेपाललाई मन्त्रीबाट हटाए आफ्नो लागि अध्यक्ष मरेतुल्य बराबर हुने बताएको जनाइएको छ ।
त्यस्तैगरी पर्यटनमन्त्री आलेले भने स्थायी कमिटीको निर्णय सच्चाएर धनबहादुर बुढालाई मन्त्री बनाउनु पर्ने साथै एकजना महिला पनि मन्त्रीमा सिफारिस गरिनेपर्ने अडान राखेका छन् ।मन्त्रीका लगि प्रस्ताव राखेका बुडा मन्त्री आले निकटकै सांसद हुन् ।
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको ओन्टारियो क्लबविरुद्धको अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।
आइतबार राति भएको टी-२० खेलमा नेपालले ओन्टारियोलाई ५५ रनले...
जनकपुर - मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।
मधेस प्रदेशसभाको बैठक आज दिउँसो...
मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ ।
बैतडी - पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।
राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग...
प्रतिक्रिया