काठमाडाैँ - चालु आर्थिक वर्ष २०७८/७९ को सुरुवाती ११ महिनामा नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले बढेको छ।
भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापार १९ खर्ब ४९ अर्ब ६ करोड १ लाख १४ हजार रुपैयाँ पुगेको हाे। सो अवधिमा नेपालले विभिन्न देशबाट १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख ९६ हजार रुपैयाँको वस्तु आयात र १ खर्ब ८५ अर्ब ८३ करोड ७० लाख १८ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ।
गत आर्थिक वर्ष २०७७/७८ को सुरुवाती एघार महिनामा नेपाललको कूल वैदेशिक व्यापार १५ खर्ब ४ अर्ब ६१ करोड ८८ लाख ८३ हजार रुपैयाँ रहेको थियो। उक्त वर्ष नेपालले १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख २४ हजार रुपैयाँको वस्तु आयात र १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो।
अघिल्लो आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख ६५ हजार रुपैयाँ रहेको थियो।
भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालको कुल वैदेशिक व्यापार २९.५ प्रतिशतले वृद्धि भएको छ।सो समयमा कूल वैदेशिक व्यापार घाटा २५ प्रतिशत, आयात २७.५ प्रतिशत, निर्यात ५३.३ प्रतिशत र व्यापार घाटा २५ प्रतिशतले वृद्धि भएको छ।
मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ ।
झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् ।
जनकपुर - मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।
मधेस प्रदेशसभाको बैठक आज दिउँसो...
बैतडी - पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।
राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग...
प्रतिक्रिया