२० असार, २०७९
    {
अर्थ / सुदूरपश्चिम प्रदेश

अति विपन्न नागरिकलाई ग्याँस चुलो, मोवाईल सहित खाद्यान्न वितरण

  • पुलेसो
  • २०७९ असार ०७ मंगलबार
अति विपन्न नागरिकलाई ग्याँस चुलो, मोवाईल सहित खाद्यान्न वितरण

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगपालिका क्षेत्रमा अति विन्पन्न परिवारलाई खाद्यान्न एव मानविय अति आवश्यकीय बस्तु तथा सेवा वितरण गरिएको छ ।

आर्दश महिला समाज नेपालले टेवा नेपालको आर्थिक सहयोगमा भीमदत्त नगरपालिका क्षेत्रका अति विपन्न गरिब समुदायका नागरिकलाई खाद्यान्नका साथै अति आवश्यकीय बस्तु तथा सेवा वितरण गरेको हो ।

मंगलबार एक कार्यक्रममा विच आर्दश महिला समाज नेपाल कञ्चनपुरको कार्यालयमै नगर क्षेत्रका अति विपन्न गरिब, दलित, असाहय, एकल महिला, नेत्र बिहिन, शारिरिक रुपमा अशक्त नागरिकलाई खाद्यान्न वितरण गरिएको छ ।

आर्दश महिला समाज नेपाल कञ्चनपुरका अध्यक्ष एव अधिकारकर्मी माया नेगीले कोडिभ प्रभावितसंगै आर्थिक रुपमा विपन्न भएका २३ परिवारलाई सहयोग गरेको बताईन । अध्यक्ष नेगीले प्रति परिवार एक थान खाना पकाउने ग्याँस चुलो, मोवाईल, खाद्यान्न दाल, चामल, नुन, तेल, चिनी, स्वास्थ्य तथा सरसफाई सोडा, साबुन, आधारभूत औषधी वितरण गरिएको छ ।

संस्थाबाट निःशुल्क घरसायी प्रयोजनका लागि चाहिने आति आवश्यकीय खाद्यान्न सहितका बस्तु पाएपछि विपन्न परिवार हर्षित भएका छन । आर्दश महिला समाज नेपालका सल्लाहकार एव राहत वितरणका सदस्य आनन्द सिह धामीले विभिन्न प्रकृतिका अति विपन्न परिवारको अति आवश्यकीय बस्तु वितरणले केही राहत पुगेको बताए ।

राहत वितरणमा संस्थाका अध्यक्ष माया नेगी, सचिव रुक्मा नाथ, सामुदायिक सुरक्षा जालोका संयोजक मञ्जु केसी, सल्लाहकार आनन्द सिह धामी, योगगुरु गंगादत्त जोशी सहित संस्थाका अन्य पदाधिकारी सहितका सरोकारवाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

टी-२० अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं -  नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको ओन्टारियो क्लबविरुद्धको अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।  

आइतबार राति भएको टी-२० खेलमा नेपालले ओन्टारियोलाई ५५ रनले...

टी-२० अभ्यास खेलमा नेपाल विजयी

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम...

 

मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ ।

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुर - मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।

मधेस प्रदेशसभाको बैठक आज दिउँसो...

मधेस प्रदेशसभा बैठक बस्दै

दशरथचन्द राजमार्ग सञ्चालनमा

बैतडी - पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।

राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग...

दशरथचन्द राजमार्ग सञ्चालनमा