२० असार, २०७९
    {
अर्थ / समाज

खाने तेल र फलामे डन्डीको मूल्य घट्यो

  • पुलेसो
  • २०७९ असार ०३ शुक्रबार
खाने तेल र फलामे डन्डीको मूल्य घट्यो

काठमाडौँ - केही दिनयता खाने तेलको मूल्य प्रतिलिटर १० देखि ३० रुपियाँसम्म सस्तिएको छ । युक्रेन र रुसबीचको युद्धका कारण उच्चदरमा बढेको खाने तेलको भाउ तीन दिनयता घट्न थालेको हो । 

भारत निर्यात रोकिएपछि खपत बढाउन तेल उद्योगीले मूल्य घटाएको खुद्रा तथा थोक व्यापारीले बताएका छन् । यसैगरी अहिले भारतमा खाने तेलमा शून्य भन्सार दर भएका कारण भारतबाट नेपालतर्फ चोरी पैठारी बढेको व्यापारीले बताएका छन् ।

किराना तथा थोक व्यवसायी सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले खाने तेलको बिक्री कम भएर मौज्दात हुन थालेपछि उद्योगीले नै मूल्य घटाएर भए पनि बिक्री गर्न बाध्य भएको बताए ।तेल उद्योगीले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेसँगै नेपालमा पनि मूल्य घटेको बताएका छन् ।

नेपाल घिउ तेल उत्पादन सङ्घका अनुसार नेपालमा हाल तेल घट्नुको कारण अन्तर्राष्ट्रिय बजारमा खानेतेलको कच्चा पदार्थको मूल्य घट्नुरहेको छ । थोक व्यापार सङ्घका अनुसार एक महिनाअघि सूर्यमुखी खाने तेलको प्रतिकार्टोन तीन हजारदेखि तीन हजार तीन सय रुपियाँ थियो । अहिले यो दुई हजार सात सय रुपियाँसम्म झरेको छ । 

 

यसैगरी लामो समयदेखि लगातार बढेको फलामे डन्डीको मूल्य घट्न थालेको छ । अहिले ठूला पूर्वाधार निर्माण कार्य ठप्प भएका कारण खपत घटेपछि डन्डीको मूल्य घट्न थालेको हो । नेपाल निर्माण व्यवसायी महासङ्घका अनुसार दुई साताअघिसम्म प्रतिकेजी १४० रुपियाँसम्म रहेको फलामे डन्डीको मूल्य १०५–११५ रुपियाँसम्म छ । गएको साउन–भदौमा ५२ रुपियाँ प्रतिकेजी कारोबार भएको डन्डीको भाउ जेठमा बढेर १४० रुपियाँसम्म पुगेको थियो । 

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले अहिले डन्डीको माग नै घटेकाले मूल्य घटेको बताए । नेपाल स्टिल उद्योग सङ्घले भने स्टिलको भाउ अन्तर्राष्ट्रिय बजारमा घटेसँगै नेपालमा पनि घटेको जनाएको छ । 

निर्माण सामग्री व्यापार सङ्घको तथ्याङ्कअनुसार पछिल्लो समय निर्माण सामग्रीको मागमा उल्लेख्य कमी आएको छ । निर्माणको सिजनकै रूपमा हेरिने वैशाख, जेठमा समेत निर्माण सामग्रीको मागमा ७५ प्रतिशतसम्म कमी आएको सङ्घले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

टी-२० अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं -  नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको ओन्टारियो क्लबविरुद्धको अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।  

आइतबार राति भएको टी-२० खेलमा नेपालले ओन्टारियोलाई ५५ रनले...

टी-२० अभ्यास खेलमा नेपाल विजयी

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम...

 

मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ ।

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुर - मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।

मधेस प्रदेशसभाको बैठक आज दिउँसो...

मधेस प्रदेशसभा बैठक बस्दै

दशरथचन्द राजमार्ग सञ्चालनमा

बैतडी - पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।

राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग...

दशरथचन्द राजमार्ग सञ्चालनमा