२० असार, २०७९
    {
समाज / सुदूरपश्चिम प्रदेश

वनका कर्मचारी र सामुदायिक वनका पदाधिकारीको कञ्चनपुरमा वन फडानी कञ्चनपुरमा डिएफओ तिवारी आएपछि वनमा बेथिति बढ्यो ः स्थानीय उपभोक्ता

  • पुलेसो
  • २०७९ असार ०३ शुक्रबार
वनका कर्मचारी र सामुदायिक वनका पदाधिकारीको कञ्चनपुरमा वन फडानी कञ्चनपुरमा डिएफओ तिवारी आएपछि वनमा बेथिति बढ्यो ः स्थानीय उपभोक्ता

कञ्चनपुर । कञ्चनपुरमा वनका कर्मचारी र सामुदायिक वनका पदाधिकारीको कञ्चनपुरमा वन फडानी भईरहेको छ ।

भीमदत्त नगरपालिका–९ स्थित बैजनाथ सामुदायिक वनमा अवैध रुपमा रुख कटानी गरिएको छ ।

सामुदायिक वनका पदाधिकारी र वन कर्मचारीको मिलोमतोमा रुख कटानी भएको स्थानीय उपभोक्ताले बताएका छन् । डिभिजन वन कार्यालय कञ्चनपुरमा डिएफओ शम्भु प्रशाद तिवारी आएसंगै वनका बेतिथि बढ्दै गएको स्थानीय उपभोक्ताहरुले बताएका छन ।

वन फडानी भएको स्थानमा प्रमाण नष्ट गर्नका लागि वनकै कर्मचारीको सुझाव अनुरुप जरोपार गरिएको छ । जसबाट समेत वनका कर्मचारी र सामुदायिक वनका पदाधिकारीको कञ्चनपुरमा वन फडानी भएको उपभोक्ताको दावि छ ।

मिलोमतोमा १ महिनादेखि रुख कटानी भइरहेको स्थानीय शेरबहादुर विष्टले बताए । ‘वन कर्मचारी र पदाधिकारीको मिलोमतोमा १०÷१२ रुख कटानी गरिएका छन्,’ उनले भने । वनबाट दुई वटा काँचो रुख समेत काटिएका छन् ।

सामुदायिक वनबाट काटिएका रुखहरुलाई पदाधिकारीले स्थानीय काठ मिलमा बेचेको पनि बिष्टको भनाई छ । ‘राति–राति वनमा सालका रुखहरु कट्छन्,’ उनले भने, ‘जेसीबी प्रयोग गरेर रुखका मुढाहरु समेत गायब पारिएको छ ।’

वन कार्यालयको आदेश विना सामुदायिकका पदाधिकारीले घाटगद्धीमा राखिएका रुखलाई बेचविखन गरेको उनले बताए । ‘वनमा काटिएका र घाटगद्धीमा राखिएका रुखहरुलाई स्थानीय गोपाञ्जल फर्निचर उद्योगमा बेचबिखन गरेका छन्,’ उनले भने, ‘यस विषयमा अख्तियार र वन कार्यालयमा समेत जानकारी दिएका छौं, कुनै सुनवाई भएको छैन् ।’

रुख ढलेर सडकमा परेकाले काटेको सामुदायिक वनका अध्यक्ष किसन नाथले बताए । ‘रुख ढलेर सडक अवरुद्ध भएको थियो,’ उनले भने, ‘सामुदायिक वनको विधान अनुसार रुख कटानी गरेका हौं ।’ काटिएका रुखहरु उपभोक्तालाई वितरण गरेको उनको भनाई छ ।

‘दुई जनालाई ती रुखको काठ वितरण गरेका हौं,’ उनले भने, ‘घाटगद्धीमा राखिएका रुखहरुलाई पनि उपभोक्तालाई वितरण गरेका हौं ।’ घाटगद्धीमा राखिएको काठलाई वितरण गर्न वन कार्यालयको अनुमति लिनुपर्छ ।

तर, सामुदायिक वनका पदाधिकारीले वनबाट अनुमति लिएका छैनन् । ‘उपभोक्ताको माग अनुसार २६÷२७ जनालाई काठ वितरण गरेका हौं,’ उनले भने, ‘हामीले काठ मिललाई बिक्री गरेका छैनौं ।’

सामुदायिक वनका पदाधिकारीले कानून विपरीत काठ वितरण तथा विक्री गरेको निवेदन परेको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताए ।

‘जेठ ३० गते निवेदन दिएका थिए, वन कार्यालयले अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘वन कार्यालयबाट अनुमति लिएर मात्रै रुख कटानी र घाटगद्धीमा राखेका काठ विक्री, वितरण गर्न पाइन्छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयका प्रमुख रामबहादुर कुरुमवाङले यसबारे अनुसन्धान गरी प्रतिवेदन पेश गर्न वन कार्यालयलाई भनिएको र त्यसपछि आवश्यक छानविन आयोगले गर्ने बताए ।

‘वन कार्यालयले अनुसन्धान गरेर प्रतिवेदन दिन भनेका छौं,’ उनले भने, ‘त्यसपछि आर्थिक अनियमिततालगायतका विषयमा आयोगले अनुसन्धान गर्छ ।’

दुर्इू बर्ष अघि वैज्ञानिक वन व्यवस्थापन वनमा अनियमितता छानबिन गर्नका लागि शान्ता चौधरी नेतृत्वको संसदीय टोली कञ्चनपुर आएका बेला तत्तकालिन काँग्रेस जिल्ला सचिव दिवाकर पाण्डेले कञ्चनपुरमा डिएफओ हुनका लागि माथिल्ला निकायमा लाखौँ दाम चढाएर करोडौँ रकम कमाउन कर्मचारी कञ्चनपुर आउने अभिव्यक्ति अहिले आएर सावित भईरहेको उपभोक्ताले बताएका छन ।

उपभोक्तालाई दिनुपर्ने काठ ठेकेदार व्यवसायीलाई बेच्ने छोटपुर्जीदेखि हरेक योजनाबाट कमिसन लिने जस्ता अनेकन गैर कानुनी कामबाट मोटो रकम अशुल्ने भएपछि कञ्चनपुरको वन फडानी भईरहेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

टी-२० अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं -  नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको ओन्टारियो क्लबविरुद्धको अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।  

आइतबार राति भएको टी-२० खेलमा नेपालले ओन्टारियोलाई ५५ रनले...

टी-२० अभ्यास खेलमा नेपाल विजयी

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम...

 

मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ ।

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुर - मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।

मधेस प्रदेशसभाको बैठक आज दिउँसो...

मधेस प्रदेशसभा बैठक बस्दै

दशरथचन्द राजमार्ग सञ्चालनमा

बैतडी - पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।

राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग...

दशरथचन्द राजमार्ग सञ्चालनमा