कञ्चनपुर । पैसा र राजनीतिक निकट पावरको बलमा सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारीले गैर कानुनी काम गरिरहेको भन्दै विद्यार्थी संगठन बिरोधमा उत्रिएका छन ।
विश्वविद्यालयले शुक्रबार दिउँसो १ बजेतिर दोस्रो दिक्षान्त समारोह गरिरहेको छ ।
सोही दिन पदाधिकारीले गैर कानुनी निर्णय भन्दै विद्यार्थी संगठन बिरोधमा उत्रिएका हुन । सुप विश्वविद्यालय सिनेट आफैले बनाएको कार्यबिधी मिति मिचेर फागुन २७ मा हुनुपर्ने दिक्षान्त असार ३ मा गरिएको परिघटनालाई विद्यार्थी संगठनले अश्वभाविक निर्णय गर्न लागेको भन्दै त्यसको बिरोधमा उत्रिएका छन ।
एमाले, समाजवादी निकट अनेरास्ववियु र माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले उपकुलपति डा.अमराज जोशीलाई काँग्रेस कार्यकर्ताको संज्ञा दिदै आफ्ना नेता कार्यकर्ताहरुलाई सेटिङ्ग गराउनका लागि गैर कानुनी रुपमा काम गरिरहेको भन्दै आपत्ती जनाएका छन ।
दिक्षान्त समारोहमा स्वय काँग्रेस निकट प्राध्यापक कर्मचारी समेत बिरोधमा रहेका छन । बिहीबार आयोजित पत्रकार सम्मेलनमा रजिष्ट्राचार यज्ञराज पाठकले विश्वविद्यालय हित बिरुद्धमा हुने निर्णय नगर्ने बताएका थिए ।
सेवा आयोग हुँदाहुँदै विशेष परिस्थिती भन्दै शिक्षक, कर्मचारीलाई स्वयत स्थायी गर्ने कार्य निन्दनिय कदापी स्वीकार्य नहुने भन्दै समाजिक सञ्जाल मार्फत स्टाटस लेखेर आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका छन ।
सुप विश्वविद्यालय सिनेटमा उपकुलपतिले गर्ने गैर कानुनी विवादित निर्णय रोक्नका लागि शिक्षामन्त्री, प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष रमेश पन्तले बताए ।
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको ओन्टारियो क्लबविरुद्धको अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।
आइतबार राति भएको टी-२० खेलमा नेपालले ओन्टारियोलाई ५५ रनले...
मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ ।
जनकपुर - मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।
मधेस प्रदेशसभाको बैठक आज दिउँसो...
झापा - झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया