२० असार, २०७९
    {
अर्थ / सुदूरपश्चिम प्रदेश

बेलौरी नाकाबाट खुलेयाम तस्करी बेलौरी नाकाबाट झलारीतिर तस्करी भईरहेको समान बन्साह पुगेर प्रहरीद्वारा बरामद

  • पुलेसो
  • २०७९ असार ०२ बिहीबार
बेलौरी नाकाबाट खुलेयाम तस्करी बेलौरी नाकाबाट झलारीतिर तस्करी भईरहेको समान बन्साह पुगेर प्रहरीद्वारा बरामद

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नाका ठाँउ ठाँउमा सशस्त्र प्रहरीका (बिओपी) छन ।

तर, बेलौरी नाकाबाट निर्वाद रुपमा खुलेयाम तस्करी भईरहेको छ । भारतबाट बेलौरी नाका भएर उत्तर झलारीतिर तस्करी भईरहेको ठुलो परिमाणको समान प्रहरीले बरामद गरेको छ ।

३०जेठमा बरामद गरेको प्रहरीले समान जेठ २मा आएर मात्रै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जिल्लाबाट खटिएको टोलीले ३० जेठ दिउँसो ४ बजेतिर बेलौरी–कलुवापुर सडकखण्ड अन्र्तरगत शुक्लाफाँटा नगरपालिका १बन्साहबाट अवैध चोरी तस्करी गरेको समान बरामद गरिएको छ ।

१५ बोरा मलखाद, बेलौरीको भुडाबाट ४०हजार मुल्य बरामबरको मुबिल, तिलकेनीबाट खानेतेल, नुन, नरीवल गरी ४२ हजार ५ सय गरी १लाख १३ हजार ५ सय बरामबरको अवैध समान बरामद गरेको छ ।

कसको गोदाम वा कुन तस्कर समुहको भनेर प्रहरीले सार्वजनिक गरेको छैन । समानधनीगाई गोप्यमा राखेको छ । उक्त समान तस्करीमा प्रयोग भएका साधन समेत बरामद भएका छैनन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले अवैध रुपमा बरामद भएका समान बरामद गरेर भन्सार बुझाएको बताए ।

तर, ति समान कसका ति समान तस्करी गर्ने कोही पक्राउ परेकी ?भन्ने प्रशनमा पक्राउ नपरेको र साईकलमा ल्याएको हुनसक्ने बताए । जिल्लामा खुलेयाम तस्करी हुँदा समेत सीमा क्षेत्रमा रहेका सशस्त्र प्रंहरीका बिओपी चुपचाप बसेको छन ।

सीमाबाट नेपाल भित्रिएको समान नेपाल प्रहरीले बरामद गरेर भन्सार बुझाउँछन, तर सीमामै रातदिन खटिएको सशस्त्र प्रंहरीले तस्करमा समान समात्दैन, प्रहरीलाई आन्तरिक समाजको शान्ति सुरक्षामा खटिदा भ्याईनभ्याई छ ।

त्यसकै तस्करीका समान बरामद गर्नमा व्यस्थ हुनुपर्ने बाध्यता भन्दै केही प्रहरी तस्करप्रति सशस्त्र प्रहरी उद्दार भएको विषयमा हैरान भएका छन । तस्करी, अवैध काम रोक्नका लागि सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरी राखेको छ, तैपनि तस्कर तह लगाउने काम पनि प्रहरीको टाउमा आएको भन्दै चिन्ता व्यक्त गरिरहेका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम...

 

मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ ।

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु

झापामा मानव र वन्यजन्तु द्वन्द्वबाट ५२...

झापा - झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् ।

झापामा मानव र वन्यजन्तु द्वन्द्वबाट ५२ जनाले ज्यान गुमाए

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुर - मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।

मधेस प्रदेशसभाको बैठक आज दिउँसो...

मधेस प्रदेशसभा बैठक बस्दै

दशरथचन्द राजमार्ग सञ्चालनमा

बैतडी - पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।

राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग...

दशरथचन्द राजमार्ग सञ्चालनमा