२० असार, २०७९
    {
मनाेरञ्जन/ कला

फिल्म 'बाबरी'को गीत सार्वजनिक

  • पुलेसो
  • २०७९ असार ०२ बिहीबार
फिल्म 'बाबरी'को गीत सार्वजनिक

काठमाडौं - फिल्म "बाबरी"को रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत रिलिज गरिएको हो । ‘बाबरी रंग’ बोलको गीतमा  अभिनेत्री अदिती बुढाथोकी र धिरज मगरलाई देख्न सकिन्छ।  गीतमा निर्देशक अनमोल गुरुङको शब्द, सङ्गीत तथा स्वर छ । गीत गायनमा अस्मिता अधिकारीले सङ्गीतमा गुरुङलाई साथ दिएको छ । गीतमा विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी छ । 

गीत रिलिज कार्यक्रममा उपस्थित भएर निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी र अभिनेता भुवन केसीले बाबरीलाई सफलताको शुभकामना दिए । गीत रिलिज कार्यक्रममा बोल्दै ‘बाबरी’को टिजरले दर्शकको मन जितेकाले पनि गीतबाट धेरै अपेक्षा राखेको अभिनेत्री अदिती बुढाथोकीले बताईन् । 

फिल्मका मुख्य अभिनेता धिरजले पनि यसको कथा मन परेकै कारण अन्तिम समयमा आएर आफूले ‘बाबरी’मा काम गर्न सहमत भएको बताए । त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमालाई सुरेन्द्र पौडेलले निर्देशन गरेको हो । फिल्ममा आगामी भदौ ३१ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । 

 

यस्तै, फिल्ममा बादल भट्ट, कमणमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनीता श्रेष्ठ, नीतेश गुरुङ, त्रिशला तामाङ, दिलीप गुरुङ लगायतका कलाकारको पनि अभिनय छ ।बाबरी फिल्मको प्रस्तुति र सुष्मा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी हुन् । सुष्मा गुरुङ सहनिर्माता रहेको फिल्मको कथा निर्देशक पौडेलले नै लेखेको हो। 

फिल्ममा कालीप्रसाद बाँस्कोटा, सुजन चापागाई र अनमोल गुरुङको सङ्गीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी छ । नरेन्द्र मैनालीको छायाङ्कन रहेको सिनेमाका मुख्य सहायक निर्देशक रितसिंह बोहरा हुन् ।

https://youtu.be/F9XbfHNrwxo

प्रतिक्रिया

छुटाउनुभयो कि?

झापामा मानव र वन्यजन्तु द्वन्द्वबाट ५२...

झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् ।

झापामा मानव र वन्यजन्तु द्वन्द्वबाट ५२ जनाले ज्यान गुमाए

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुर - मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।

मधेस प्रदेशसभाको बैठक आज दिउँसो...

मधेस प्रदेशसभा बैठक बस्दै

दशरथचन्द राजमार्ग सञ्चालनमा

बैतडी - पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।

राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग...

दशरथचन्द राजमार्ग सञ्चालनमा

कांग्रेस पदाधिकारी बैठक भोली

काठमाडौं - नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक यही असार २१ गते बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे...

कांग्रेस पदाधिकारी बैठक भोली