२० असार, २०७९
    {
गण्डकी प्रदेश / शिक्षा/स्वास्थ्य

मर्स्याङदीका १३ सय घरमा खानेपानीका धारा जडान

  • पुलेसो
  • २०७९ जेठ २३ सोमबार
मर्स्याङदीका १३ सय घरमा खानेपानीका धारा जडान

लमजुङ – मर्स्याङ्दी गाउँपालिकाले पाँच वर्षको अवधिमा एक हजार तीन सय ६ घरधुरीमा खानेपानीको सुविधा पुगेको जनाएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ सालदेखि हालसम्म ३४ वटा योजना निर्माण गरी सो घरधुरीलाई खानेपानीको व्यवस्था गरेको हो ।गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले खानेपानीको सुविधा नपुगेको र खानेपानीका लागि समस्या भएका ठाउँमा खानेपानीको योजना निर्माण गरिएको बताए ।

सबैभन्दा धेरै वडा १ र ६ मा ६/६ वटा योजना सञ्चालन भएको छ । वडा १ मा ६ वटा योजनाबाट ९७ घर लाभान्वित भएका छन् । वडा ६ मा ६ योजनाबाट एक सय १८ घर लाभान्वित भएको गाउँपालिका कार्यालयले जनाएको छ ।  

यस्तै, वडा २ मा ४ वटा योजनाबाट एक सय ७० घर लाभान्वित भएका छन् । वडा ३ मा तीन योजनाबाट एक सय ७३ घर लाभान्वित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताए । 

उनका अनुसार वडा ४ मा चार योजनाबाट ९९ घर लाभान्वित भएका छन् । वडा ५ मा तीन योजनाबाट ६० घर, वडा ७ मा दुई योजनाबाट एक सय २५ घर, वडा ८ मा दुई योजनाबाट ५५ घर लाभान्वित भएका छन् ।

यसैबीच, वडा ९ मा चार योजना सञ्चालन भएको थियो । उक्त योजनाबाट चार सय नौ घरधुरीले खानेपानी सुविधा पाएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

टी-२० अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं -  नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको ओन्टारियो क्लबविरुद्धको अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।  

आइतबार राति भएको टी-२० खेलमा नेपालले ओन्टारियोलाई ५५ रनले...

टी-२० अभ्यास खेलमा नेपाल विजयी

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम...

 

मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ ।

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुर - मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।

मधेस प्रदेशसभाको बैठक आज दिउँसो...

मधेस प्रदेशसभा बैठक बस्दै

झापामा मानव र वन्यजन्तु द्वन्द्वबाट ५२...

झापा - झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् ।

झापामा मानव र वन्यजन्तु द्वन्द्वबाट ५२ जनाले ज्यान गुमाए