कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका २का नव निर्वाचित जनप्रतिनिधीले विभिन्न निर्णय गरेका छन ।
बुधबार वडाध्यक्ष अर्जुन साउद सहितका सदस्यले पदभार ग्रहण गरेकै दिन विभिन्न निर्णय गरेका हुन । वडाका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण निःशुल्कदेखि जनगुनासो सुन्न टोलफ्रि नम्बर राखिने भएको छ ।
समाजिक सुरक्षा भत्ता समेत घरदैलोमै पुगेर दिने, सुकुमबासी, भूमिहिन, भूमिहिन दलित र अव्यवस्थित बसोबासीको जग्गा नाप जाँचको प्रकृया यथाशिघ्र शुरु गर्ने, जनतालाई सर्वसुलभ लालपुर्जा वितरण गर्ने निर्णय गरिएको छ ।
मुक्त कमैयाको लालपुर्जा फुकुा र आरक्षपीडितको समस्या समाधानका लागि सम्बन्धीत निकायमा पहल गर्ने, खल्लागोठ र मुक्त कमैया बस्ती जोड्ने पक्की पुल यथाशिघ्र निर्माणका लागि नगरपालिकासंग अनुरोध गर्ने, वाणि गडबिजलामा टोलमा रहेको शहरी स्वास्थ्य केन्द्रलाई संचालन एव व्यवस्थापन गर्नलाई नगरपालिकासंग अनुरोध गर्ने निर्णय गरिएको छ ।
वडाको प्रोफाई बनाउने, जनगुनासो सम्बोधन र सल्लाका लागि निःशुल्क फोन लाग्ने टोल फ्रि नम्बर, एप बनाउने, वडामा रहेका संघ संस्था वडा कार्यालय नगरपालिका सहकारी बैंक तथा वित्तिय संघ संस्थामा रोजगारीका अवसरका लागि वडाका युवाहरुलाई प्राथमिकता दिने निर्णय गरिएको छ । वडाबाट प्रदान गरिने सेवा सुविधालाई पारदर्शी ढङगबाट अघि बढाउने आवश्यक समाग्री खरिद गर्ने निर्णय गरिएको छ ।
झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् ।
जनकपुर - मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।
मधेस प्रदेशसभाको बैठक आज दिउँसो...
बैतडी - पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।
राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग...
काठमाडौं - नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक यही असार २१ गते बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे...
प्रतिक्रिया