कञ्चनपुर । नेपाल राना थारु समाजले भीमदत्त नगरपालिका २ उल्टाखाममा भएको बालिका बलात्कार काण्डमा घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको छ ।
बुधबार नेपाल राना थारु समाज कञ्चनपुरले एक प्रेस विज्ञप्ती जारी गर्दै उल्टाखाममा भएको बालिकामाथि भएको बलात्कार काण्ड घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको हो ।
अबोध बालिकालाई दिनेश मालीले कोठामा लगेर जबरजस्ती गरी कुटपिट गर्नुका साथै करणी गरी बालिकामाथि जघज्य अपराध गरेको भन्दै विशेष ध्यानाकर्षण भएको जनाएको छ । अमानविय घटनाप्रति घोर भत्सर्ना गरिएको छ ।
उततायी घटनाको सत्यतथ्य छानबिन गरी पीडित नाबालिकालाई उचित क्षतिपूर्ति र आवश्यक न्याय दिन माग गरिएको छ । नेपाल रानाथारु समाज कञ्चनपुरका अध्यक्ष प्रेमबती रानाले हस्ताक्षर गरेको विज्ञप्तीमा नाबालिकाको निःशुल्क उपचारको माग गर्दै मागप्रति वेवास्ता गरिए न्यायका लागि आन्दोलनको चेतावनी दिएका छन ।
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको ओन्टारियो क्लबविरुद्धको अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।
आइतबार राति भएको टी-२० खेलमा नेपालले ओन्टारियोलाई ५५ रनले...
मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ ।
जनकपुर - मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।
मधेस प्रदेशसभाको बैठक आज दिउँसो...
बैतडी - पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।
राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग...
प्रतिक्रिया