कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकामाथि भएको यौनजन्य हिन्सा(बलात्कार)को शिकारमा परेकी बालिकाको न्याय र क्षतिपूर्तिको माग अघि सारेर पीडित पक्षले नगरपालिकामा धर्ना दिएका छन ।
बुधबार दिउँसोदेखि पीडित बालिका आफन्तले भीमदत्त नगरपालिका धर्ना दिएका छन । घटना भएको दुई दिन वितिसक्दा पनि उपचार, न्याय र क्षतिपूर्तिको विषयमा कुनैपनि निकायबाट पहल नभएको भन्दै धर्ना दिन बाध्य भएको बताएका छन ।
पीडित बालिकाकी आफन्त ईन्द्रावती रानाले दिन दाहडै घरमा बोलाएर बलात्कार गर्नेदेखि बालिकाको हत्या प्रयास हुँदा समेत सरकारी निकायबाट घटनाको गम्र्भिरता नदेखिएको बताईन ।
‘एउटा अबोध बालिकामाथि बलात्कार भएको छ, ‘उनले भनिन, ‘बलात्कारी मरेर गएपनि उनका घर र आफन्त छन, के यि बालिकाले न्याय नपाउने ?’ उनले बालिकाको उचित लालनपालन, अध्ययनका लागि व्यवस्था मिलाईदिनुपर्ने बताए ।
उक्त घटनाप्रति भत्र्सना जाहेर गर्दै नेकपा माओवादी केन्द्र र नेपाल राना थारु समाजले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । नेपाल राना थारु समाज कञ्चनपुरकी अध्यक्ष प्रेमबती राना र नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेम पाण्डेद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा बालिकाको न्यायका लागि माग अघि सारिएको छ ।
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको ओन्टारियो क्लबविरुद्धको अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।
आइतबार राति भएको टी-२० खेलमा नेपालले ओन्टारियोलाई ५५ रनले...
मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ ।
जनकपुर - मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।
मधेस प्रदेशसभाको बैठक आज दिउँसो...
बैतडी - पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।
राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग...
प्रतिक्रिया