२० असार, २०७९
    {
समाज / सुदूरपश्चिम प्रदेश

उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका परिवारलाई क्षतिपूर्ति दिन माओवादी केन्द्रको माग

  • पुलेसो
  • २०७९ जेठ ११ बुधबार
उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका परिवारलाई क्षतिपूर्ति दिन माओवादी केन्द्रको माग

कञ्चनपुर । नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ ।

माओवादी केन्द्र कञ्चनपुरले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै बलात्कारको शिकारमा परेकी उल्टाखामकी बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको हो ।

माओवादी केन्द्रले बालिकामाथि भएको यौन हिंसाको घटनाले स्तब्ध र पाशविक घटनाको घोर निन्दा तथा भत्र्सना गरिएको छ । ‘लोकतान्त्रिक गणतन्त्र स्थापनापछि दोश्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएर देशलाई सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढाउने संकल्प राजनीतिक दलहरुले लिइरहेको बेला घटेको यो घटनाले हामीले निकै चिन्तित तुल्याएको छ, ‘विज्ञप्तीमा भनिएको छ, ‘यसबाट राजनीतिक प्रणाली परिवर्तन भएपनि यसको व्यवहारमा कार्यान्वयन हुन नसकेको र अझै पनि महिला, बालबालिका तथा कमजोर वर्गको सामाजिक सुरक्षाको अवस्था जटिल रहेको देखाएको छ ।’

समाजका आर्थिक तथा सामाजिकरुपमा कमजोर वर्गमाथि हिंसाले निरन्तरता पाइरहेको तथ्यप्रति राज्य संवेदनशील हुन नसकेको समेत यसले प्रष्ट पारेको माओवादीको तर्फ छ ।

माओवादी केन्द्रले संघीय सरकारदेखि प्रदेश र स्थानीय तहका सरकारलाई महिला तथा बालबालिकामाथि हुने यौनजन्य हिंसा, दुव्र्यवहार तथा विभेदविरुद्ध सामाजिक अभियानको सुरुवात गर्न समेत सुझाव दिएको छ ।

सामाजिक सुरक्षालाई प्राथमिकताका साथ अभियानकै रुपमा कार्यक्रममा समावेश गर्न तथा हरेक वडामा महिला तथा बालबालिका हिंसाविरोधी सेलको गठन गरी पीडितलाई न्याय दिने प्रणालीको विकास गर्न माग गरेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

टी-२० अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं -  नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको ओन्टारियो क्लबविरुद्धको अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।  

आइतबार राति भएको टी-२० खेलमा नेपालले ओन्टारियोलाई ५५ रनले...

टी-२० अभ्यास खेलमा नेपाल विजयी

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम...

 

मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ ।

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुर - मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।

मधेस प्रदेशसभाको बैठक आज दिउँसो...

मधेस प्रदेशसभा बैठक बस्दै

दशरथचन्द राजमार्ग सञ्चालनमा

बैतडी - पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।

राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग...

दशरथचन्द राजमार्ग सञ्चालनमा