चितवन - भरतपुर महानगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहाल विजयी भएकी छन् ।
दाहालले नेकपा एमालेका बिजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पछि पार्दै प्रमुख पद जितेको हो । उनले ५२ हजार ३० मत प्राप्त गर्दा बिजय सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरे। नेपाली काँग्रेसबाट बिद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएका जगनाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे ।
त्यसै गरि उपप्रमुख पदमा पनि गठबन्धनकै उम्मेद्वार चित्रसेन अधिकारीले जित हाँसिल गरे । उनले ५२ हजार ८०३ मत ल्याउँदै गर्दा राप्रपा उम्मेद्वार हिमला गुरुङले ३० हजार ६१२ मत ल्याए । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धन र नेकपा एमाले राप्रपा गठबन्धन विच प्रतिस्पर्धा थियो ।
२९ वडाहरु रहेको भरतपुर महानगरपालिमा नेपाली काँग्रेसले १६ वडाहरुमा, नेकपा एमालेले छ वटा वडाहरुमा, माओवादी केन्द्रले तीन वडाहरुमा र नेकपा एकीकृत समाजवादीले तीन वटा वडाहरुमा जित हाँसिल गरेको छ , भने विद्रोही स्वतन्त्रको तर्फबाट एक वडामा विजय हासिल गरेका छन् ।
झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् ।
जनकपुर - मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।
मधेस प्रदेशसभाको बैठक आज दिउँसो...
काठमाडौं - नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक यही असार २१ गते बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे...
बैतडी - पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।
राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग...
प्रतिक्रिया