२० असार, २०७९
    {
राजनीति / सुदूरपश्चिम प्रदेश

भीनपा १३ मा स्वतन्त्र उम्मेदवार झक्कासको कमाल काँग्रेस क्षेत्रीय कोषाध्यक्षदेखि गठबन्धन, एमाले र राप्रपाका उम्मेदवार उछिन्दै वडाध्यक्षमा निर्वाचित

  • पुलेसो
  • २०७९ जेठ ०९ सोमबार
भीनपा १३ मा स्वतन्त्र उम्मेदवार झक्कासको कमाल काँग्रेस क्षेत्रीय कोषाध्यक्षदेखि गठबन्धन, एमाले र राप्रपाका उम्मेदवार उछिन्दै वडाध्यक्षमा निर्वाचित

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १३ मा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन । पुतली चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका राम बहादुर बोहरा(झक्कास) निर्वाचित भएका हुन ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिमाण अनुसार स्वतन्त्र उम्मेदवार झक्कासले राप्रपा, गठबन्धन, एमाले र काँग्रेसका उम्मेदवार उछिन्दै वडाध्यक्षमा निर्वाचित भएका छन । झक्कासले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका खेमराज पन्तलाई १०८ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका छन ।

झकासले ६४६, पन्तले ५३८ मत ल्याएका थिए । भने काँग्रेसका सुरेन्द्र बहादुर सिहले ३६९ राप्रपाका प्रकास थापाले ६७मत ल्याएका छन । झण्डै दुई दशक काँग्रेसको राजनीतिमा सकृय रहेका झक्कासलाई यस पटक पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

काँग्रेस क्षेत्रीय प्रतिनिधी रहेका झक्कासले काँग्रेसकै निर्वाचन क्षेत्र नम्बर ३ का कोषाध्यक्ष सिहलाई पराजित गरेका छन । कोषाध्यक्ष सिह भन्दा २७७ मतबढी ल्याएका थिए । पार्टीको आधिकारिक उम्मेदवार सिह बिरुद्धमा बागी उम्मेदवारी दिएको भन्दै नेपाली काँग्रेसले झक्कासलाई कार्बाही गरेको थियो ।

‘जो कार्बाहीमा परेका थिए उनै जिते, ‘भीमदत्त नगरपालिका १३का निर्वतमान अध्यक्ष लाल बहादुर शाहीले भने, ‘जो जनताका लागि रातदिन खट्न उनैलाई जनताले चिने र नेताले चिनेनन् ।’ पार्टीभित्र टिकट वितरणमा को जनतामा लोकप्रिय छ, भन्ने बारेमा नेताले ख्याल नगर्दाको परिमाण भएको उनको भनाई छ ।

काँग्रेसबाट टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार भएर वडाध्यक्ष निर्वाचित भएका झक्कासले जनताको चाहना अनुरुप काम गर्ने बताए । ‘म स्वतन्त्र भएर जनताबाट चुनिएको छु, ‘उनले भने, ‘अहिल्यै कहिकतै प्रवेस गर्दैैन, ‘यस्तै स्वतन्त्र रुपमा जनताको सेवाका काम गर्छु ।’ अधिल्लो चुनावमा यस वडाबाट काँग्रेसले जितेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

टी-२० अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं -  नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको ओन्टारियो क्लबविरुद्धको अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।  

आइतबार राति भएको टी-२० खेलमा नेपालले ओन्टारियोलाई ५५ रनले...

टी-२० अभ्यास खेलमा नेपाल विजयी

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम...

 

मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ ।

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुर - मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।

मधेस प्रदेशसभाको बैठक आज दिउँसो...

मधेस प्रदेशसभा बैठक बस्दै

दशरथचन्द राजमार्ग सञ्चालनमा

बैतडी - पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।

राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग...

दशरथचन्द राजमार्ग सञ्चालनमा