कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार हेमराज ओझा निर्वाचित भएका छन ।
ओझाले आफ्ना निकटतमप्रतिद्वन्दी माओवादी केन्द्रका जोगराज चौधरीलाई २ हजार १३४मतको अन्तरले हराउँदै नगर प्रमुखमा निर्वाचित भएका छन । ओझाले १० हजार ३३४ र चौधरीले ८ हजार २ सय मत ल्याएका छन । एमालेका लोकेन्द्र पन्तले ६हजार ४७४मत ल्याएका छन ।यस अघि ०७४मा पनि चुनाव लडेका ओझा अहिले निर्वाचित भएका छन ।
उप प्रमुखमा पनि काँग्रेसकै द्रोपती राना निर्वाचित भएकी छिन । काँग्रेसी रानाले एमालेकी रमिता राना बडायकलाई २ हजार ३५९मतको अन्तरले हराउँदै उप मेयरमा निर्वाचित भएकी छिन । काँग्रेसकी रानाले ९ हजार ६७५ र एमालेकी रानाले ७ हजार ३१६ मत ल्याएकी थिईन । माओवादीकी उप मेयर गिता मल्लले ६ हजार ८५१मत ल्याएकी छिन । यस अघि एमालेकी उप मेयर रमिता राना निर्वाचित भएकी थिईन ।
४७ पदका लागि २२४ जना उम्मेदवार चुनावी मैदानमा होमिएका थिए । ४० हजार ३३८ मतदाता मध्ये २८ हजार ९५३ मत खसेका थिए । कृष्णपुर मेयरमा निर्वाचित भएका मेयर ओझाले नगरको सम्बृद्धिका लागि काम गर्ने प्रतिबद्धता जोहर गरेका छन । नेपाली काँग्रेस कञ्चनपुरका उप सभापति मिन बहादुर सिहको गृह नगरमा काँग्रेस निर्वाचित भएको छ । काँग्रेस उपसभापति सिहले काँग्रेसको जितसंगै नगरको सम्बृद्धिका लागि पार्टीबाट निर्वाचितले जन चाहना अनुरुप काम गर्ने बताए । कृष्णपुर नगरसंगै काँग्रेसले यस अघि बेदकोट, बेलडाँडी जितिसकेको छ । भने भीमदत्त, पुनर्वासमा काँग्रेस अग्र स्थानमै रहेको छ ।
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको ओन्टारियो क्लबविरुद्धको अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।
आइतबार राति भएको टी-२० खेलमा नेपालले ओन्टारियोलाई ५५ रनले...
मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ ।
जनकपुर - मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।
मधेस प्रदेशसभाको बैठक आज दिउँसो...
बैतडी - पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।
राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग...
प्रतिक्रिया