२० असार, २०७९
    {
राजनीति / सुदूरपश्चिम प्रदेश

पुनर्वास ८ मा काँग्रेसका बागी उम्मेदवार राना काँग्रेसकै आधिकारिक उम्मेदवार रावलाई हराउँदै पुन वडाध्यक्षमा निर्वाचित

  • पुलेसो
  • २०७९ जेठ ०८ आइतबार
पुनर्वास ८ मा काँग्रेसका बागी उम्मेदवार राना काँग्रेसकै आधिकारिक उम्मेदवार  रावलाई हराउँदै पुन वडाध्यक्षमा निर्वाचित

कञ्चनपुर । कञ्चनपुरमा पनि एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन ।

पुनर्वास नगरपालिका ८ वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार राना श्रवण निर्वाचित भएका हुन । काँग्रेसबाट टिकट नपाएपछि रानाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यस अघि ०७४ मा काँग्रेसबाट निर्वाचित राना यस पटक पाटीले टिकट दिएको थिएन, तैपनि उनले स्वतन्त्र उम्मेदवार बनेर जितेका छन । 

निर्वाचन अधिकृतको कार्यालयले आतबार घोषणा गरेको मत परिमाण अनुसार रानाले काँग्रेसका उम्मेदवार ३६० मतको अन्तरले हराउँदै पुन अध्यक्षमा निर्वाचित भएका छन । रानाले ८१८ र रावलले ४५८ मत ल्याएका थिए । स्वतन्त्र उम्मेदवार राना आफु मात्रै जितेनन, सिङ्गो स्वतन्त्र प्यानलै जिताएका छन । 

सदस्य तर्फ दिपेश मल्ल, दुलेराम राना देवकी कार्की, लक्ष्मी सुनार निर्वाचित भएका छन । 

पाटीको आधिकारिक उम्मेदवार बिरुद्धमा बागी दिएको भन्दै नेपाली काँग्रेसले रानालाई कार्बाही समेत गरेको छ । रानालाई पाटीको साधारण सदस्य समेत नरहने गरी कार्बाही गरिएको थियो । राना सहित काँग्रेस कञ्चनपुरमा आधिकारिक पाटी बिरुद्धमा उम्मेदवारी दिएको भन्दै १२जना स्वतन्त्र उम्मेदवारलाई कार्बाही गरेको थियो । 

यस अघि ०७४ मा यस वडामा काँग्रेसका श्रवण रानाले ६८८ मत ल्याएर जितेका थिए । अहिले स्वतन्त्र हुँदा १३० बढि मत ल्याएर जितेका थिए । उतिबेला एमालेका बुद्धि बहादुर कटुवाललाई ५७ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका थिए । अहिले आफ्नै काँग्रेसका आधिकारित उम्मेदवार हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । श्रबण राना न जनता र न पाटीमा हारेका थिए । नेपाली काँग्रेस १४औँ महाधिवेशन अन्र्तरगत उनी जिल्ला सदस्यमा निर्वाचित भएका थिए । गत कार्तिकमा सम्पन्न भएको नेपाली काँग्रेस कञ्चनपुर जिल्ला अधिवेशनमा १मतले जिल्ला सदस्यमा निर्वाचित भएका थिए । अपाङ्ग कोटाबाट चुनाव लडेका राना गणेश विष्टसंग १ मतले जितेका थिए । पार्टी र जनतामा जित्दै आएका रानालाई काँग्रेसले चिन्न नसकेको भन्दै उनको चर्चा चलिरहेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

टी-२० अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं -  नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको ओन्टारियो क्लबविरुद्धको अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।  

आइतबार राति भएको टी-२० खेलमा नेपालले ओन्टारियोलाई ५५ रनले...

टी-२० अभ्यास खेलमा नेपाल विजयी

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम...

 

मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ ।

मधेस सरकारको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुर - मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ ।

मधेस प्रदेशसभाको बैठक आज दिउँसो...

मधेस प्रदेशसभा बैठक बस्दै

दशरथचन्द राजमार्ग सञ्चालनमा

बैतडी - पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।

राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग...

दशरथचन्द राजमार्ग सञ्चालनमा